‘मल्टीकल्चरल च्यारिटी डिनर’ को तयारी अन्तिम चरणमा

–मिलन दाहाल ११ जुन २०१५, एडेलेड- एडेलेडवासी नेपाली समुदाय र ‘मल्टिकल्चरल कम्युनिटी काउन्सिल’, एस ए (Multicultural Community Council, SA) को संयुक्त आयोजनामा हुन लागेको ‘एेतिहासिक मल्टीकल्चरल च्यारिटी डिनर’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।  भोली आर्थात १२ जुन २०१५ का दिन साझको ५:३० बजेदेखी राती १०.०० बजेसम्म Latvian Hall, 4 Clark Street, Wayville SA 5034 मा हुन गइरहेको छ । कार्यक्रममा साउथ अष्ट्रेलियाकि समुदाय र समावेशीकरण, सामाजीक आवाश, युवा, बृद्द एवं स्वयंशेवक तथा बहुसांस्कृतिक मामिला हेर्ने मन्त्री जोय बेट्टटीसनको उपस्थिती रहने उक्त कार्यक्रममा एडेलेडका सम्पुर्ण नेपाली संघसंस्थाहरुले उदेश्यमा  ऐक्यवद्दता जनाइसकेका छन् ।

 साझको ५.३० बजेबाट शुरु हुने कार्यक्रमको दुइ चरण रहने छ । शुरुबातदेखी ६ बजेसम्म स्थानीय र अन्य स्टेटबाट पाल्नुहुने अतिथीहरुलाई स्वागत गरिनेछ ।  साझ ६.१० बजे  शुरु हुने  कार्यक्रकमको पहिलो चरणको सुरुवात  ६.१५ बजे  कार्यक्रमकी प्रमुख अतिथी साउथ अष्ट्रेलियाकि बहुसांस्कृतिक मामिलामन्त्री बेट्टीसनको पञ्चकन्याहरुबाट  स्वागतसगै हुनेछ । यसका साथै अन्य अतिथीहरुलाईपनि स्टेजमा बोलाएर सामुहीक सम्मान गरिनेछ । त्यसपछी एडेलेड नेपाली बिद्यालयका विद्यार्थीहरुले पहिले नेपाली र अष्ट्रेलियान राष्ट्रिय गीत गाउने छन । आयोजकका तर्फबाट समुदायसेवी गोबिन्द रानाले त्यसपछी स्वागत मन्तब्य दिनुहुने छ । उहाको स्वागत मन्तब्यसंगै क्रमश गैर आवाशिय नेपाली समाजका अध्यक्षले, सिड्नीबाट पाल्नुहुने एनआरएनका प्रतिनिधीले, मल्टिकल्चरल कम्युनिटी काउन्सिल’, एस ए प्रतिनिधीले, मन्त्रीका प्रतिनिधी र नेपाल सरकारका तर्फबाट साउथ अष्ट्रेलियाका लागी  अवैधानिक बाणिज्यदुत दिपक धमलाले कार्यक्रमका बिषयमा आफ्ना धारणाहरु राख्नु हुनेछ ।

त्यसको लगत्तै प्रमुख अतिथी साउथ अष्ट्रेलियाकि बहुसांस्कृतिक मामिलामन्त्री बेट्टीसनको मन्तब्यको कार्यक्रम रहेको छ  । मन्तब्यपछी मन्त्रीले कार्यक्रमका प्रयोजक, कलाकार स्वयं सेवकहरुलाई प्रशंसापत्र प्रदान गर्नुहुने छ ।  पहिलो चरणको कार्यक्रमको अन्त्य कार्यक्रमकी संयोजक सर्बदा घिमिरेको घन्यबाद ज्ञापनसगै हुनेछ ।

त्यसपछी कार्यक्रम दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरणमा बहु सांस्कृतिक कार्यक्रम र खानपिनको कार्यक्रम रहेको छ । साझको ७.३५ बाट शुरु हुने संस्कृतिक कार्यक्रममा बिभिन्न समुदायका कलाकारहरुले आफनो कला झल्कने नृत्यहरु प्रदर्शन गर्ने छन । यसक्रममा हालसम्मको तथ्याकअनुसार चारवटा नेपाली, एउटा भारतीय, एउटा फिजि नृत्य रहने छ । कार्यक्रम संचालन नेपाली समुदायकि प्रतिष्ठा गौतम र इटालियन टाबिटा फ्राङ्कोले गर्दैछन ।  कार्यक्रम नेपाली समुदायलाई अरु समुदायसंग सम्बन्ध स्थापित गर्न कोसेढुङ्गा साबित हुने बिश्वास गरिएको छ ।

सास्कृतिक कार्यक्रमका आकर्षणहरु

१. नम्रता पटेल (Namrata Patel)

गर्व नृत्य कक्षा एडेलेड (Garb Dance Class, Adelaide) कि संचालिका नम्रता पाटेल मिस अहमदाबाद हुन । छ बर्षदेखी एडेलेड बस्दै आएकी नम्रता एडेलेडकि भारतीय नर्तकींमध्येकी एक अब्बल प्रतिभा हुन् ।

२. फ्रानसिस्का म्याकमिलन (Francesca Mcmilan)

फिजिमुलकी अष्ट्रेलियन फ्रानसिस्का म्याकमिलनले फिजि समुदायको प्रतिनिधित्व गर्नेछिन । Australasia & Pacific Islands Pageant र Fusion Events International कि निर्देशक रहेकी फ्रान्सिले सेभ द चिलड्रेनमा पनि काम गरिसकेकी छन । उनले समुह नृत्य प्रस्तुत गर्दैछिन ।  उनी २०१४  को मिस अष्ट्रेलिया युनिभर्ससमेत भइसकेकि छिन ।

३. बिनु पुन श्रेष्ठ

नेपालको म्याग्दी कि बिनु पुन श्रेष्ठ  एडेलेडकि त्यस्ति नेपाली प्रतिभा  हुन जसले बिरलै मात्र एडेलेडमा हुने गरेका सांस्कृतिक कार्यक्रममा भाग नलिएकी हुन । एडेलेडकि नेपाली प्रतिभा बिनूले यस कार्यक्रममा दुइवटा प्रस्तुति रहने छ ।

४. प्रेरणा पाइजा

पेशाले नर्स रहेकी प्रेरणा पाइजा एडेलेडकि अर्कि भुल्न नसकिने नेपाली प्रतिभा हुन  । उनले पनि नेपाली कला संस्कृतीलाई एडेलेडमा जगेर्ना गर्न महत्वपुर्ण भूमिका खेल्ने गरेकि छन । उनिपनि नेपालमा लम्जुङबाट हुन ।

५. प्रिती पुनमगर

नेपालकी बहुमुखी प्रतिभाकी धनी प्रिती पुनमगर पढाइमा पनि त्यस्तै प्रतिभावान रहेकी छन ।  फ्लिण्डर युनीभरसिटीमा छात्रबृत्तीमा अध्ययन गरिरहेकी प्रितीले पनि कार्यक्रममा आफ्नो प्रतिभा देखाइरहेकी छन ।

६. सुरिना महर्जन

एडेलेडकि नेपाली बिध्यार्थी सुरिना महर्जनलेपनि कार्यक्रममा आफ्नो प्रतिभा पस्कदै छिन । फ्लिण्डर युनिभरसिटीमा पढीरहेकी सुरिनाले पनि नेपाली कार्यक्रमहरुमा सहभागीता जनाउने गरेकी छन ।

यसैबीच एनआरएनका अध्यक्ष शेष घलेले हिजो साझ कार्यक्रम उप संयोजक प्रतिष्ठा गौतमसँगको टेलिफोन सम्पर्कमा एडेलेडको नेपाली समुदायले गर्न लागेको यो कार्यक्रम निकै राम्रो नमुना भएकाले यसले आफुलाई गौरवान्वित बनाएको कुरा बताउनु भयो । यसका साथै कार्यक्रमो  सफलताका लागी शुभकामना पनि प्रदान गर्नुभएको कार्यक्रम उप संयोजकले बताउनुभयो ।

Leave a Reply