‘मल्टीकल्चरल डिनर’ मा एनआरएन साउथ अष्ट्रेलियाको पनि साथ
७ जुन २०१५, एडेलेड- एडेलेडमा नेपाली समुदाय र ‘मल्टिकल्चरल काउन्सिल एस ए’ को संयुक्त आयोजनामा हुन लागेको एेतिहासिक ‘मल्टीकल्चरल डिनर’ कार्यक्रममा अन्तत: एनआरएन साउथ अष्ट्रेलियाको पनि साथ मिल्ने भएको छ ।
अनलाइन एडेलेडसंग कुरा गर्दै हिजो कार्यक्रमको संयोजन गरिरहनुभएकि सर्बदा घिमिरेले उक्त जानकारी दिनुभएको हो । ‘आज गैर आवासिय नेपाली संघ, साउथ अष्ट्रेलिया’ का अद्यक्षबाट आधिकारीक रुपमा कार्यक्रमको अंश हुन पाएकोमा खुसी भएको जानकारी आएको छ’ उहाले खुसी हुदै भन्नुभयो । यसबाट एडेलेडका समुदाय एकजुट भएर समुदायको उत्थान गर्ने कार्यमा थप बल प्राप्त भएको बताउनुभयो ।
यसैगरी राजनीतिलाई पर राखेर समुदायबिकाशमा सवै लागे हामीले चाहेको सामुदायिक पहीचान धेरै टाढा नरहेको कार्यक्रमकि सह संयोजक प्रतिष्ठा गौतमले बताउनु भयो ।
कार्यक्रम १२ जुन २०१५ का दिन साझ ५्.३० बजे Latvian Hall, 4 Clark Street, Wayville SA 5034 मा हुदैछ । कार्यक्रममा साउथ अष्ट्रेलियाकि बहुसंसमकृतिक मामिला मन्त्री जोय बेट्टीसनको उपस्थिती रहने तय भैसकेको छ भने करीब २०० को संख्यामाअन्य संमुदायका सदस्यहरुको उपस्थिती रहने अमुमान गरिएको छ । कार्यक्रमा भूकम्पपीडितहरुको सहयोगार्थ प्रवेश शुल्कको व्यवस्था गरिएको छ साथै बिदेशी समुदायका मानिसहरुको सहजताका लागी अनलाइन टिकटको व्यवस्थासमेत गरुएको छ । तलको लिङ्कमा गएर अनलाईन टिकट काट्न सकिने छ ।
यसका साथै टिकटका लागी देहायका नम्बरमा सम्पर्क गर्न समेत सकिने छ ।
- सर्बदा घिमिरे- ०४३४ ५५५ ८२४
- प्रतिष्ठा गौतम- ०४२१ ९६० ४०७
- गोबिन्द राणा- ०४१५ ७१५ ६०५
- दिपक लामा- ०४३० ९४७ ७९४
- अशोक के सी- ०४५७ २८७ २८५
- चेवन अधिकारी- ०४१४ २५३ ५५५
- कपिल पाण्डे- ०४५७ ३०९ ३६७
- सुयोग सिङ्ग- ०४३४ ६१६ ४८०
Leave a Reply