‘बहु सांस्कृतिक च्यारिटी डिनर’ मा साउथ अष्ट्रेलियन मन्त्रीको उपस्थिती निश्चित
मिलन दाहाल– ५ जुन २०१५, एडेलेड- नेपाली समुदाय र बहु-सास्कृतिक समुदायहरुको संगठन Multicultural Communities Council SA को संयुक्त आयोजनामा एडेलेडमा नेपालमा भर्खरै गएको भूकम्पमा पीडित हुनेहरुको सहयोगार्थ हुन लागेको ऐतिहासिक ‘बहु सांस्कृतिक च्यारिटी डिनर’ मा साउथ अष्ट्रेलियन सरकारका तर्फबाट बहुसास्कृतिक मामिला हेर्ने मन्त्री जोय बेट्टीसन (Zoe Bettison) को उपस्थिती निश्चित भएको छ । कार्यक्रम संचालक समितीको उप-संयोजक प्रतिष्ठा गौतमले उक्त कुरा हिजो फेसबुकमार्फत सार्बजनिक गरेकि हुन ।
तत्कालिन उद्देश्य नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्ने भएपनि एडेलेडका नेपाली समुदायलाई एकिकृत गरेर एडेलेडको बिदेशी समुदायमाझ नेपालीहरुको पहिचान स्थापना गर्ने दीर्घकालिन लक्ष लिएर हुन लागेको यस कार्यक्रममा हालसम्म करिब सबै नेपाली सघ-सस्थाहरुले उदेश्यमा ऐक्यबद्दता जनाईसकेका छन । ‘नेपालीहरु आज बिश्वको हरेक कुनामा बसोबास गर्ने भएको भएपनि आफ्नो पहिचान स्थापना गरेर बस्न अझैपनि नसकिरहेका कारण विश्वमै चर्तित आफ्ना सम्पदाहरुका बारेमा विश्वमा गलत सन्देसहरु फैलिने गरेको र यसरी फैलिएको सन्देशलाई मेटाउनमात्र नेपालीहरुको धेरै सामर्थ्य खेर गैरहेको संदर्भमा, यासरी आफु बसेको ठाऊमामात्र यसरी पहिचान स्थापना गरेर बस्न सकिए कमसेकम हामीबारेमा कसैले भ्रम फैलाउन सक्ने थिएन’, उप संयोजक गौतमले बताउनु भयो ।
यसैगरी एडेलेडमा मध्तकालिन ‘नेपाली समुदाय भवन’ तथा दीर्घकालमा आफ्नै ‘एज केयर होम’ स्थापना गर्ने सपना देख्ने समुदायसेवी गोबिन्द राणाले नेपाली समुदायमा केही गरौं भन्ने अभीलाषा सबैमा भएको भएपनि एउटा नेतृत्व लिनसक्ने युवापुस्ताको अभावमा समुदायले हालसम्म गती लिन नसकिरहेको भएपनि अव चाडै कमसेकम एडेलेडको नेपाली समुदायले चाही एकता र प्रगतीको पथमा छलाङ मार्ने बताउनु भयो । एडेलेडमा यत्तिका धेरै कार्यक्रम गर्ने भवन तथा एज केयर होम भएको अवस्थामा नेपालीकै ‘समुदाय भवन’ तथा ‘एजकेयर होम’ किन चाहियो त भन्ने प्रश्नको जवाफमा उहाले भन्नुभयो, – ‘हेर्नुस कत्तिपय महत्वपुर्ण कार्यक्रम बिहान निर्णय भएर बेलुका संचालन गर्नुपर्ने हुन्छ, बिनाशुल्क संचालन गर्नुपर्ने हुन्छ । हामीले गर्नेगरेका कार्यक्रमहरु प्राय व्याक्तिगत वा समुहगत तहबाट नै संवालित हुन्छन, कार्यक्रम गर्न रकम कतैबाट पाईदैन । यसका बावजुतपनि नेपालीहरुले व्याक्तिगत परिचयका आधारमा सभाभवनहरुको जोहो गरेर हालसम्म समुदायको हक-हीतका कार्यक्रमहरु संचालन गरिरहेछन । तर कहिलेसम्म यसरी चल्छ ? यस्तै अवस्था लामो समयसम्म रहिरहे जागरुक मान्छेहरुको जागरुकता पनि मर्न जान्छ । त्यसैले हामीले आफ्नो खर्च आफैले धान्नेगरी ‘नेपाली समुदाय भवन’को कल्पना अधि सारेका हौ । यसैगरी आज नेपाली तथा भुटानीहरु एडेलेडमा दीर्घकालिन रुपमा नै बसोबास गर्न थालिसकेको कुरा त यहालाई थाहा छदैछ । भोली बुढ्यौली लाग्छ, युवापुस्ताको व्यस्तता हामीले बुझेकै छौ । तसर्थ बस्ने ठाऊ ‘एजकेयर होम’ नै हो । जति नै अष्ट्रेलिया बसेपनि हाम्रो आत्माले ‘बिफ’ स्बिकार्न सक्दैन र खानपिन पनि फरक पर्ने भएकाले यहाको ‘एजकेयर होम’ मा नेपाली तथा भुटानी समुदायका मान्छेहरुलाई बस्न सहज अवस्था छैन, त्यसैले नेपाली शैलीकै ‘एजकेयर होम’ को अपरीहार्यता मैले देखेको हु । एउटा सक्रिय समुह पुर्ण भइसकेपछि कार्यबिधिबारे छलफल शुरु गर्ने सोचेको छु ।
नेपालका भूकम्पपीडितका लागी आर्थिक तथा राहत सामाग्री संकलनमा महत्वपुर्ण भूमीका खेलेका ‘बोटल फर स्कुल’ का नारायणकाजी गुरुङले एनआरएनका प्रतिनिधीबाट संकलित राहत सामाग्री नेपाल पठाउनका लागी आवश्यक परेको एनआरएन साउथ अष्ट्रेलियाको लेटर हेडमा एउटा पत्र उपलब्ध गराउने कार्यसमेत नभएकोमा दुख प्रकट गर्नुभयो । स्मरणीय के छ भने प्रवासी नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ, साउथ अष्ट्रेलियाले उसको लेटर हेडमा एक पत्र नलेखिदिएका कारण ‘बोटल फर स्कुलले संकलन गरेको राहत सामाग्री नेपाल पठाउन निकै ठुलो समस्या परेको थियो । “एनआरएन आखिर के का लागी हो” उहाले आक्रोस पोख्नुभयो ।
यसैगरी यस कार्यक्रम ब्यवस्थापन समुहकी संयोजक सर्बदा घिमिरेलाइ हामीले सोधेका थियौ, सबैलाई लिएर जाने भन्नु हुन्छ खै त एनआरएन प्रतिनिधी ? जवाफमा उहाले हास्दै भन्नुभयो, – प्रवासमा बसेका कारण हामी सबै एनआरएन प्रतिनीधी हौ, मिलन जी । साच्चै भन्दा प्रवासी नेपालीको हकहीतको सुरक्षा गर्दै उत्थानका कामहरु गर्ने उद्देश्यले स्थापना भएको संस्था भएकाले हामीले लिएको अग्रसरता खासमा एन आर एनका प्रतिनिधीले लिनुपर्ने थियो । जे कामका लागी एन आर एन गठन भएको हो त्यो उदेश्यबाट बिचलित भएर हामीले कार्यक्रम लिएर आउनुपर्ने अवस्था सिर्जना हुनु भनेको निकै दुखद हो । त्यसमा पनि केही मान्छेहरुले हाम्रो यस कार्यक्रममा संचालक समितीका सदस्यहरुलाई ‘प्राईभेट नम्बर’ बाट फोन गरेर डर पैदा गर्नेजस्तो निन्दनिय काम गर्नु भएको छ । एक त गर्नुपर्ने कार्य नगर्ने, दोस्रो गर्न खोज्नेलाई निरुत्साहित गर्न खोज्ने ? यदी उहाहरु पदाधिकारी हुनुहुन्थ्यो भने त्यो पदका लायक हुनुहुन्न थ्यो । जे भएपनि एनआरएन प्रवासि नेपालीहरुको प्रतिनिधी सस्था हो, हामी यसलाई साथै लिएर जान चाहान्छौ । तर यदी नेपालकै शैलीमा दलगत राजनीति घुसाएर समुदायलाई बिखण्डनको बाटोमा लिएर जानखोज्ने हो भने हामीलाई एनआरएन प्रतिनिधी चाहिन्न । हामी हाम्रो समुदायलाई दिशा दिन सक्षम छौं ।
एनआरएन बिना नेपाली सुमुदायलाई संगठनात्मक रुपमा अधि लिएर जान सकिएला र ? भन्ने प्रश्नको जवाफमा उहाले भन्नुभयो, हामी प्रवासमा बसेको कारणले प्रवासी भयौ र एनआरएन त्यस्तो हाउगुजी केही होइन । हामीले हाम्रो हकहीतका लागी एनआरएन नामको संस्था गठन गरेर केही मान्छेहरुलाई काम गर्ने जिम्मेवारी दियौ, तर काम गर्नुको साटो अरु चलखेल हुन थालेपछी जिम्मेवारी फिर्ता लिनु हाम्रो बाध्यता हो । २४० बर्षे राजसंस्था त एक ब्याक्तिका कारण ढल्यो, एनआरएन के हो र ? त्यसका प्रतिनिधीका कारण जन-मानसमा यसप्रती नकारात्मक सन्देस नजाला भन्न सकिन्न। हामीले कल्पना गरेको दलगत राजनितिरहीत समुदायको उत्थानमा केन्दृीत एनआरएन हो । नेपाली समुदाय बार्षा याममा मौलाउने झरीजस्तो रुपमा हैन कि चैतको जस्तो खडेरीमा पनि साथ दिरहने ठूलो र शितल छहारीका रुमपमा एनआरएनलाई देख्न चाहन्छ। हामीले प्रयासहरु जारि राखेका छौ । हामीले हरेक दिन फोन सम्पर्क गरेर उहाहरुको सहभागिताका लागी पहल गरिराखेका छौ । कुनैबेला फोन उठिरहेको छैन, न त ‘कल ब्याक’ नै भएको छ । तैपनि प्रयास जारी छ र यो उद्देश्यका लागी एनआरएन प्रतिनिधीहरुले पनि साथ दिनु हुनेछ भन्ने कुरामा हामी आशाबादी छौं । आश गरौ हाम्रो कार्यक्रमको ‘फ्लायर’मा एनआरएनको लोगोपनि हामीले देख्न पाउने छौ ।
कार्यक्रम आगामी १२ जुन २०१५ शुक्रवारका दिन Latvian Hall, 4 Clark Street, Wayville SA 5034 मा साझ ५.३० बजेबाट हुदैछ । नेपालमा गएको भूकम्पको पिडीतहरुलाई सहयोग हुनेगरी कार्यक्रममा प्रवेश शुल्क एकजनाको $३५ र जोडीका लागी $६५ लाग्ने छ । अन्तराष्ट्रिय विद्यार्थीहरुले $२५ मा प्रवेश पाउनेछन, १० बर्षमुनिका बालबालिकाका लागी प्रवेश निशुल्क हुने छ भने १० बर्षमाथीका बालबालिकाको हकमा प्रवेश शुल्क $१० कायम गरिएको छ । कार्यक्रममा नेपाली संस्कृति बुझ्न चाहाने बिदेशी एबं Multicultural Community Council SA का बारेमा केही जानकारी लिन चाहने नेपाली तथा बिदेशी विद्यार्थीहरुका लागि समेत निकै उपयोगी हुने बिश्बास गरिएको छ । टिकट अनलाईन पनि खरीद गर्न सक्ने व्यबस्था गरिएको यस कार्यक्रमको टिकट तलको लिङ्कमा गएर खरीद गर्न सकिने छ
यसका साथै तलको फोन नम्बरहारुमा सम्पर्क गरेर पनि टिकटहरु प्राप्त गर्न सकिने छ;
- सर्बदा घिमिरे- ०४३४ ५५५ ८२४
- प्रतिष्ठा गौतम- ०४२१ ९६० ४०७
- गोबिन्द राणा- ०४१५ ७१५ ६०५
- दिपक लामा- ०४३० ९४७ ७९४
- अशोक के सी- ०४५७ २८७ २८५
- चेवन अधिकारी- ०४१४ २५३ ५५५
- कपिल पाण्डे- ०४५७ ३०९ ३६७
- सुयोग सिङ्ग- ०४३४ ६१६ ४८०
एडेलेडका बिदेशी समुदायमाझ नेपालीहरुकको ‘प्रतिष्ठा’ स्थापना गर्ने कार्यको शुरुवातका रुपमा हुन लागेको यस कार्यक्रम अव मात्र एक्लि ‘प्रतिष्ठाको भिजन’ नभएर एडेलेडका सम्पुर्ण अस्तित्व प्रेमी नेपालीहरुको साझा एडेण्डा बनिसकेको कार्यक्रमको आयोजक समितीका एक सक्रिय युवा अशोक के सी ले बताउनुभयो ।साथै उहाले १२ जुनका दिन कसैको बर्ड डे, पास्नी वा अन्य कुनै व्याक्तिगत कार्यक्रमहरुलाई थाती राखेर भएपनि यो महान शुरुवातमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
सम्पुर्ण नेपाली समुदायलाई आफ्नो पहीचान स्थापनाका लागी गर्न लागीएको यस सुरुबाती कार्यक्रममा हातेमालो गरेर अघी बढेर सहयोग गर्न कार्यक्रम संयोजन समुहका सम्पुर्ण सदस्यहरुले आग्रह गर्नुभएको छ । समुहमा सर्बदा घिमिरेले संयोजन गरिराख्नु भएको छ, प्रतिष्ठा घिमिरेले उप संयोजकको भूमीका निभाइराख्नु भएको छ । यसैगरी अशोक केसी, गोबिन्द राणा, दिपक लामा, कपिल पाण्डे, चेवन अधिकारी, सुयोग सिहलगायत संयोजक समितीमा हुनुहुन्छ ।
कार्यक्रमका बारेमा जानकारी Multicultural Community Council SA को website मा पनि हेर्न सकिन्छ ।
Leave a Reply