सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भूकम्प
२४ जेठ २०७२, काठमाण्डौ- नेपाली समयअनुसार आज विहान ११ः२ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु ४.६ म्याग्निुच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो आज गएको पहिलो भूकम्प हो ।
१२ वैशाखमा गएको महाभूकम्पपछि गइरहेको साना धक्काहरु क्रमश कमजोर हुँदै गएको छ । महाभूकम्पपछि दिनहुँ दर्जनौ भूकम्पको धक्का अनुभव गरिदै आएकोमा २३ जेठमा दुई पटक मात्रै धक्का अनुभव गरिएको थियो ।
Leave a Reply