राज्यको निकायको मृत्यु भएको भन्दै १ मिनेट मौन धारण

काठमाडौँ : आठ दिन यता अनसनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सर्वसाधारण र विद्यार्थीहरुले एक मिनेट मौन धारण गरेका छन्।

उनिहरुले राज्यको निकायको मृत्यु भएको भन्दै शिर निहुराएर मौन धारण गरेका हुन्।

केसीको मागको समर्थनमा बिहान दश बजे नै सयौँको संख्यामा सर्वसाधारण र विद्यार्थीहरु अस्पताल पुगेका थिए। केसीको रेकर्डेड अडियो सम्बोधन सर्वसाधारणलाई सुनाइएको थियो। केसीको सम्बोधन लगत्तै विद्यार्थीहरु र सर्वसाधारणहरु प्रधानमन्त्री निवास बालुवाटार तर्फ अगाडि बढेका थिए।

 

Leave a Reply