इन्दिराले हेरिन क्रिकेट बल्डकप
१६ चैत २०७१, एडेलेड- सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी गायीका इन्दीरा जोशीले अष्ट्रेलियामा सम्पन्न विश्वकप क्रिकेटको फाइन हेरेकी छन्। पशुपतिको जात्रामा सिद्राको ब्यापार भनेझै जोशीलाई न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको फाइनल हेर्ने साइत जुरेको हो।फाइनलका केही दृष्य फेसबुक पेजमा पोष्ट गर्दै उनले फाइनल हेर्ने सुन्दर अवसर प्राप्त भएको बताएकी छन्। उनले आफ्नो भाइ क्रिकेटको क्रेजी फ्यान भएको र सँगै हेर्न नपाएकोमा ‘मिस’ गरेको बताएकी छन्।जोशीले अष्ट्रेलियाका विभिन्न सहरमा आफ्नो संगीतिक प्रस्तुति गरिसकेकी छन्। ‘उध्रेको चोली ल है…’ उनको चर्चित गीत हो। १५ चैतमा उनले गैर-आवासिय नेपाली संघले आयोजना गरेको ‘नेपाल फेस्टिवल २०१५’ मा एडेलेडमा समेत आफ्नो गायन प्रस्तुत गरेकी थिइन ।आइतबार सम्पन्न फाइनल खेलमा कप्तान माइकल क्लार्कले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७४ रन बनाएपछि आइतबार निरश फाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित दर्ता गराउँदै अस्ट्रेलिया पाँचौं पटक विश्वकप च्याम्पियन बनेको थियो।
Leave a Reply