१५ मार्चमा मेलवर्नमा नेपाल फेस्टिवल २०२५ हुने
मिलन दाहाल
१६ जनवरी २०२५, मेलवर्न- जनसंख्याको हिसाबले अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियामा मार्चको दोस्रो साता ‘नेपाल फेस्टिवल’ आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघले सामाजिक सञ्जाल फेसबुक मार्फर मेलवर्नको फेडेरेसन स्क्वायरमा कार्यक्रम आयोजना गरिने जनाएको हो । गैर आवासीय नेपाली संघको सिग्नेचर कार्यक्रम ‘नेपाल फेस्टिवल’ मार्फत संघले अस्ट्रेलियामा नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटनको समेत प्रवर्दन गर्ने गरेको छ । कार्यक्रम आयोजनार्थ संघले हाल स्पोन्सर, सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न चाहने तथा संवयंसेवक बन्न चाहनेहरुको आवेदन संकलन गरिरहेको छ । संघको कार्यक्रममा सहयोग गर्न चाहनेहरुले संघको फेसबुक पेजमा गई आवेदन गर्न सकिने संघले बताएको छ ।
Leave a Reply