साउथ अस्ट्रेलियाको नेपाल फेस्टिवलमा स्टलका लागी बुकिङ खुला

मिलन दाहाल

११ जनवरी २०२५, एडिलेड- गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले आफ्नो आगामी सिग्नेचर कार्यक्रम ‘नेपाल फेस्टिवल २०२५’ का लागी स्टल बुकिङ खुला गरेको छ । संघका साउथ अस्ट्रेलिया संयोजक सञ्जय पुरीले आफुहरूले नेपाल फेस्टिवको स्तरीयतामा यसवर्ष विशेष ध्यान दिएका कारण तयारीका लागी समय पर्याप्त होस भनेर चाँडै नै स्टल बुँकिङ खुला गरेका बताए । स्टल बुकिङका लागी संजय पुरी ०४५२२३१४७८, तिर्थ नहर्की ०४२१९७७९४२, विनोद बाँनिया ०४०४८४९८५५, देवराज कँडेल ०४७७५८७५६८, विष्णु चापागाईं ०४५१०३७८८२ नम्बरमा सम्पर्क गरि गर्न सकिन्छ ।

‘ संघले ‘Celebrating nations, Connecting Generations’ भन्ने नाराका साथ गर्न लागेको यस कार्यक्रमका लागी मिति ९ मार्च २०२५ र स्थान एडिलेडको ‘एल्डर पार्क’ तय गरि तयारी शुरु गरेको छ ।

संघले तयारीलाई तीब्रता दिन विभिन्न १३ उपसमितिहरुको मार्फत कामको बाँडफाड गरि संयोजनको जिम्मेवारी तोकिसकेको छ भने स्वयंसेवकका लागी आवेदन समेत खुला गरेको छ । संघले सकेसम्म कार्यक्रममा रहने स्टलको विविधतामा ध्यान दिने समग्र कार्यक्रमको व्यवस्थापन जिम्मेवारी हेरिरहेका बिनोद बाँनियाले बताए । सञ्चार व्यवस्थापन समिति संयोजक नारायण खड्काले सञ्चार रणनितिका लागी आगामी बिहिवार सञ्चारकर्मीहरुसँग बैठक रहेको समेत जानकारी दिए ।

Leave a Reply