‘गैर आवासीय नेपाली नागरिकता कागजको खोस्टो’

मिलन दाहाल

११ जनवरी २०२५, एडिलेड- प्रवासमा बस्ने नेपालीहरुले लामो समयदेखी उठाँउदै आएको मुद्दा हो गैर आवासीय नेपाली नागरिकता । त्यसो त सन २००३ मा गठन भएको गैर आवासीय नेपाली संघको एउटा मूख्य उदेश्य नै प्रवासमा बस्ने नेपालीहरुको नेपाली नागरिकता सुनिश्चित गर्नु रहेको थियो । गैर आवासीय नेपाली संघको रणनितिक उदेश्यको दोस्रो बुँदामै ‘प्रवासमा बस्ने नेपालीको नेपाली नागरिकताको निरन्तरताका लागी आवाज ऊठाउने’ रहेको छ । यसबिचमा नेपालमा धेरै सरकारहरु फेरिए । गैर आवासीय नेपालीहरुलाई धेरै आश्वाशनहरु दिइए । दुई दशकभन्दा बढी समयको निरन्तर पहलपछी ‘गैर आवासीय नेपाली नागरिकता’ नेपालको संबिधानमा समेटिएको छ । कार्यान्वयनका जटिलताहरु बारे कुरा पछी गरौला ।

गएको शुक्रबार नेपालको सरकारले नेपालको संविधान संशोधन गर्न एक अध्यादेश ल्यायो जसमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालमा बस्दा ‘१० बर्षसम्म नि:शुल्क भिषा पाउने’ व्यवस्था गरेको छ । यसले गैर आवासीय नेपालीहरुले फरक फरक रुपमा लिएका छन । एकथरि, विशेषगरि नेपालका सत्तामा रहेका दलका आसेपासेहरु, यो व्यवस्थालाई उपलब्धी मानिरहेका छन भने स्वतन्त्र भन्न रुचाउनेहरुले चिन्ता व्याक्त गरेका छन । सार्क देशका नागरिकहारुलाई भिषा नचाहिने, पुर्व नागरिहरुलाई नेपालमा बस्न ‘भिषा’ प्राप्त गर्नुपर्ने भन्ने तर्क नै गलत रहेको उनीहरुको तर्क छ । नेपालको सत्ताले गैर आवासीय नेपालीलाई सारक राष्ट्रका मानिसहरुभन्दा पछिल्लो दर्जामा राखेकामा उनीहरु बेखुस छन ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष रहिसकेका भिक्टोरियाका केशव कंडेल वर्तमान व्यवस्था मात्र फरक आवरणमा आएको पुरानै कुरा रहेको तर्क राख्छन । ‘गैर आवासीय नेपाली नागरिकता’ ले दश बर्षे भिषा नि:शुल्क पाउने र  कम्पनी खोल्न मिल्ने अधिकार त यसअधिकै ‘एनआरएन कार्ड’ ले गरिसकेकाले यो प्रवासी नेपाली झुक्याउने कुरा मात्र भएको कंडेलको बुझाइ छ । नागरिक भन्ने अनि भिषा लिनपर्ने प्रावधाननै गलत भएको उनको तर्क रहेको छ । एनआरएनएको अभियानको नारा ‘एक पटकको नेपाली सधैंको नेपाली रहेकाले प्रवासमा बस्ने नागरिकहरुको नेपाली नागरिकता कायम नै रहनुपर्ने र त्यसमा तलमाथी स्विकार्य नहुने कुरा कंडेल बताउछन ।

तपाईलाई के लाग्छ ? गैर आवासीय नेपालीले यसमा उत्सव मनाउन पर्छ कि पर्दैन? कमेन्ट गरि बताउनु होला ।

Leave a Reply