नेपाल फेस्टिभललाई नयाँ उचाईमा पुर्याउने सोच छ: बिनोद बाँनिया

नेपाल फेस्टिभललाई बृहत अस्ट्रेलियन समुदायमा पुर्याउछौं: नारायण खड्का

७ जनवरी २०२५, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अस्ट्रेलिया ले नेपालको पर्यटन प्रवर्दनसमेतमा सहायता पुर्याउने उदेश्य राखेर गर्ने गरेको साउथ अस्ट्रेलियामा हुने ‘नेपाल फेस्टिभल’ कार्यक्रमको मिति सार्वजनिक गरेको छ । कार्यक्रमको ९ मार्च २०२५ मा एडिलेडको मुटु ‘एल्डर पार्क’ मा हुने तय गरेसँगै समग्र कार्यक्रमको व्यवस्थापन संयोजन  संस्थाका उपसंयोजक समेत रहेका बिनोद बाँनियाले गरेरहेका छन भने विभिन्न  १३ वटा उपसमितिका संयोजकहरु घोषणा गर्दै स्वयं सेवकहरुको आवेदनसमेत खुला गरेको छ । यसैसन्दर्भमा नेपाल अष्ट्रेलिया समाचारले समग्र कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए साउथ अस्ट्रेलिया उपसंयोजक बिनोद बाँनियालाई कार्यक्रमको तयारी बारे प्रश्न गरेको थियो । बाँनियाले  कार्यक्रमको मिति र भेन्युसमेत घोषणा तयार भइसकेको र ‘एल्डर पार्क’ जस्तो महत्वपूर्ण भेन्यु समेत सुरक्षित गर्न सकेकाले आफुहरु थप उत्साहित भएको बताए । कार्यक्रमको उदेश्य साउथ अस्ट्रेलियामा नेपाल प्रवर्दन गर्नुसमेत रहेकाले नेपालबारेको स्तरीय सन्देश साउथ अस्ट्रेलियनहरुलाई दिनुपर्ने भएकाले आफूहरु विशेष रुपमा कार्यक्रमको स्तरीयतामा केन्द्रित रहेको जानकारी दिए । “हामीले गर्ने कार्यक्रम भनेको समग्रमा नेपाली खाना, कला‍-संस्कृति तथा नेपालको प्रर्यटनको प्रचार हो । त्यहाँ उपलब्ध हुने खानाको स्वादले साउथ अस्ट्रेलियनहरुलाई साउथ अस्ट्रेलियामा रहेका नेपाली रेस्टुरेन्टहरुमा तान्न सक्नु पर्यो, हामीले कार्यक्रममा कला-संस्कृति तथा प्राकृतिक स्थलहरुबारे दिने सन्देशले उनीहरुलाई नेपाल जान आतुर बनाउन सक्नुपर्छ भन्ने मान्यता रहेको छ । त्यहि सोचलाई केन्द्रबिन्दुमा राखेर हामीले तयारीलाई तीब्रता दिएका छौं । “

तयारी स्वरुप सञ्चार सम्बन्ध तथा व्यवस्थापन समितिका संयोजकका रुपमा चयन भएका अस्ट्रेलियाका प्रखर तथा सक्रिय पत्रकार नारायण खड्का सँगपनि कार्यक्रमको सञ्चार रणनितिबारे प्रश्न गरेका थियौं । खड्काले गएको ‘नेपाल फेस्टिभल’ का क्रममा साउथ अस्ट्रेलियाको इतिहासमै संभवत पहिलो पटक आफु स्वयं अस्ट्रेलियन सञ्चार गृहहरुमा उपस्थित भइ अन्तरवार्ताहरुका माध्यमबाट ‘नेपाल फेस्टिभल’ कार्यक्रमको प्रचार गरेको संमरण गर्दै नेपाल अस्ट्रेलिया समाचारसँग भने “विगतका कार्यक्रमहरुको स्तर र उपस्थितिलाई हेर्दा साउथ अस्ट्रेलियाको बृहत जनसंख्याको उपस्थितिलाई बढाउनुपर्ने कुराको महशुस हामीले गरेका थियौं । गएको ‘नेपाल फेस्टिभल’मा केही रेडियो स्टेशनमा हामी आफैं गएर अन्तरवार्ताका माध्यमबाट कार्यक्रमको प्रचार गरेका थियौं, कार्यक्रममा त्यसको प्रभाव पनि देखिएको थियो । त्यसबेला हामीसँग समयाभाव रहेकोमा यसबर्ष समय पनि प्रशस्त छ । ‘नेपाल फेस्टिवल’ मा समग्र अस्ट्रेलियन तथा अरु समुदायका मानिसहरुको संख्यामा बढोत्तरि गर्न हामी प्रतिवद्द छौं ।” खड्काले भने ।

एनआरएन साउथ अस्ट्रेलियाले कार्यक्रम आयोजनार्थ साउथ अष्ट्रेलियाको मल्टिकल्चरल ग्रान्टमार्फर तीस हजार डलर प्राप्त गरिसकेको छ भने थप रकमका लागी संघ प्रयासरत रहेको कार्यक्रम व्यवस्थापन संयोजक बिनोद बाँनियाले बताए ।

Leave a Reply