ब्रिसबेनमा मध्यरातमा युवतीको हत्या

६ जनवरी २०२५, ब्रिसवेन-  पन्ध्र दिन अघि ब्रिसबेनको उत्तरी सडकमा मृत्यु भएकी २३ वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई पुरुष पक्राउ परेका छन् ।

क्लो मेसन नाम गरेकि ती महिला डिसेम्बर २२ मा मध्यरात पछि क्याबुल्चरको रेलवे परेडमा पारामेडिक्सहरूने अचेत अवस्थामा फेला पारेका थिए । लगत्तै, उनलाई मृत घोषित गरिएको थियो ।

झगडाका क्रममा उनलाई दुई पुरुषले कुटपिट गरेको र गोली हानेको  प्रहरीले अनुमान गरेको छ ।

डिसेम्बर २८ मा उनको हत्याराहरूको खोजी गर्ने क्रममा प्रहरीले सहायताका लागी जनमानसमा अपिल गरेका थिए । यसै क्रममा प्रहरीले दुई जना पुरुषहरूलाई पक्राउ परेका छन । सोमबार दिउँसो २ बजे लोगानको सिभिक परेडको पार्कल्याण्डमा मार्सडेनका २९ वर्षीय पुरुष र क्याबुल्चरका ३२ वर्षीय अर्का पुरुषहरूलाई पक्राउ गरिएको थियो।

प्रहरी प्रवक्ताले भने, “यी मानिसहरूलाई पत्ता लगाउन सहयोग गरेकोमा प्रहरीले मिडिया र जनतालाई धन्यवाद दिन चाहन्छ।”

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply