चीनबाट फेरी शुरु भयो कोभिडजस्तै भाइरस?
मास्क लगाएका मानिसहरुले खचाखच भए चीनका अस्पताल
४ जनवरी २०२५, एडिलेड- यसबेला चीनका अस्पतालहरुमा मास्क लगाएका मानिसहरुले खचाखच भरिएको फोटो तथा भिडियोहरु सामाजिक संजालहरुमा आइरहेका छन । सन् २०१९ ताका कोभिडकै समयको सम्झना दिलाउने फोटा तथा भिडियोहरु सार्वजनिक भइरहेकाले चीनबाट फेरी त्यस्तैखाले महामारी फैलन लागेको त होइन भनेर विश्वभरका सञ्चारमाध्यमहरुले यतिबेला चासो व्याक्त गरिरहेका छन ।फोटो तथा भिडियोहरु शुक्रबार (३ जनवरी) बाट सामाजिक सञ्जालहरुमा देखिन थालेको सञ्चार माध्यमहरुले बताएका छन ।
चीनले स्वास्थ मन्त्रालयले भने आफुहरु चीनिया नागरिक तथा चीन आएका विदेशीहरुको स्वास्थप्रति संवेदनशिल रहेको भन्दै सामाजिक सञजालमा आएका सामग्रीहरु जाडोमा फैलने सामान्य रूखाखोकीकै संक्रमण भएको दाबी गर्दै बिगतका बर्षहरुको भन्दा यसपालीको संक्रमण सामान्य रहेको बताएको छ । विश्व स्वास्थ संगठनले यसबारे हालसम्म कुनै जानकारी दिएको छैन
Leave a Reply