अस्ट्रेलियाको पासपोर्ट विश्वकै मंहगो
मिलन दाहाल
४ जनवरी २०२५, एडिलेड- १ जनवरी २०२५ बाट लागु हुनगरि अस्ट्रेलियाले आफ्नो पासपोर्ट बनाउदा तथा नविकरण गर्दा लाग्ने शुल्कमा भारि बृद्दि गरेको छ । यसधिसम्म अस्ट्रेलियाका बयस्कहरुले १० बर्षको समयसीमा रहेको पासपोर्ट बनाउन ३६२ अस्ट्रेलियन डलर सो शुल्कलाई ५० डलरले बढौति गर्दै अस्ट्रेलियाले ४१२ डलर बनाएको हो ।
जबकि पासपोर्ट शूल्क मंहगा रहेका विश्वका अन्य देशहरुको भन्दा अस्ट्रेलियाको पासपोर्टको मूल्य पहिल्यै बढी रहेकामा अब झनै बढी हुन आउछ । मेक्सिकोको सोही अनुपातको पासपोर्टको मूल्य ३५३.९०, अमेरिकाको २५२.७२ तथा न्यू जिल्यान्डको पासपोर्ट बनाउँदा १९३ अस्ट्रेलियन डलर शूल्क लाग्छ ।
अस्ट्रेलियाको विदेश मामिला तथा ब्यापार बिभाग (DFAT) ले बढेको शूल्क अस्ट्रेलियाको ‘कन्ज्युमर प्राइज इन्डेक्स’, ‘उत्पादन शुल्क’ अनुसार नै रहेको दाबी गरेको छ ।
Leave a Reply