वेस्टर्न अस्ट्रेलियामा पानीमा डुबेर श्रीमान- श्रीमतीको मृत्यु
दुई छोरिहरु जिवितै
३१ डिसेम्बर २०२४, पर्थ- शनिवार, २८ डिसेम्बर २०२४, वेस्टर्न अस्ट्रेलियामा पानीमा खेल्ने क्रममा डुबेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुने बंगलादेशी नागरिक भएको समाचारमा ध्यमहरुले बताएका छन । शनिवार बिदाको दिनमा वेस्टर्न अष्ट्रेलियाको दक्षिणतिर रहेको कन्फ्युसियस क्लिफमा मोहम्मद स्वपनको परिवार पौडि खेलिरहेको थियो । छोरीहरु समस्यामा परेपछी बचाउने क्रममा ४४ बर्षीय मोहम्मद र उनकी श्रीमती ४० बर्षीय सबरिनाको पानीमा डुबेर मृत्यु भएको थियो । छोरीहरु भने पानीबाट निस्कन सफल भएको बुझिएको छ । उनीहरुलाई बचाउन अर्का ४२ बर्षीय पुरुषले पानीमा हाम फालेका थिए, तर उनीहरुलाई बचाउन भने सफल भएनन । ति पुरुषको पछी उद्दार गरिएको थियो ।
मृतक दुबैजना पर्थ बंगलादेशी समुदायको महत्वपुर्ण सदस्य भएको पर्थको बंगलादेशी समुदायले बताएको छ ।
अस्ट्रेलियामा हरेक बर्ष ३ सयभन्दा बढी मानिसहरुको पानीमा डुबेर मृत्यु हुनेगरेको छ, जसमा अधिकांश बिदेशी हुने गरेका छन । सरकारले पानी सम्बन्धी बिभिन्न जनचेतनाका कार्यक्रमहरु गरिरहेको भएपनि यो संख्यामा कमि आउन सकेको छैन । पौडन नआउनेहरुले सकेसम्म पानीमा नपस्नु नै सुरक्षित मानिन्छ । अस्ट्रेलियामा बस्नेहरुले आफ्नो दोस्रो पुस्तालाई पानीबाट बचाउन पछिल्लो समयमा पौडी सिकाउने क्रम भने बढेको आध्ययनहरुले बताएका छन ।
Leave a Reply