३१ डिसेम्बर २०२४, भिक्टोरिया- अस्ट्रेलियामा बढिरहेको गर्मीसँगै उत्तरी भिक्टोरियामा जापानी इन्सेफलाइटिस
भाइरसको संक्रमण बढिरहेको देखिएको भिक्टोरियाको राज्यसरकारले बताएको छ । जापानिज इनसेफलाईटिसको संक्रमण, संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्न सक्छ । यस भाइरसले मस्तिष्कको दुर्लभ तर सम्भावित रूपमा गम्भीर संक्रमण निम्त्याउन सक्ने भन्दै विशेष सावधानी अपनाउन सरकारले सर्वसाधारणहरुलाई आग्रह गरेको छ । उत्तरी भिक्टोरिया भ्रमण गर्ने बासिन्दाहरू र मानिसहरू, विशेष गरी अन्तर्देशीय नदी क्षेत्रहरू र मर्रे नदीको छेउमा, सम्भावित रूपमा संक्रमणको उच्च जोखिममा छन् रहेका कारण ति स्थानहरुमा लामखुट्टेको टोकाइबाट बच्न आवश्यक उपायहरू अपनाउन सरकारले अनुरोध गरेको छ ।
बाहिर हुँदा 'पिकार्डिन' वा 'डाईथाइल्टोलुवामाईड' भएका लामखुट्टे भगाउने औषधीको प्रयोग गरेर,
लामो, खुल्ला तथा शरिर सम्पुर्ण ढाकिनेगरिु कपडा लगाएर, पालहरूमा लामखुट्टेको जालीहरु राम्रोसँग
फिट गरिएको छ भन्ने कुराको सुनिश्चित गरेर समेत लामखुटलटेको टोकाईबाट बच्न सकिन्छ। भिक्टोरियामा जापानिज इनसेफलाइटिस विरुद्दको भ्याक्सिन यो रोगको उच्च जोखिममा रहेका केही मानिसहरु तथा समुदायलाई बिभिन्न २४ स्थानहरुमा नि:शुल्क उपलब्ध रहेको समेत सरकारले बताएको छ ।
Leave a Reply