‘हेल्प नेपाल’को ग्लोवल संयोजकमा अस्ट्रेलियाका डिला खरेल चुनिए

मिलन दाहाल

३० डिसेम्बर २०२४, काठमाण्डौं- नेपालमा परोपकारका विभिन्न कामहरु गर्दै आइरहेको हेल्प नेपाल नेटवर्कको ग्लोबल संयोजकमा अस्ट्रेलियाका डिला खरेल चुनिएका छन् । शनिवार काठामाण्डौको राष्ट्रिय सभा गृहमा नेटवर्कको २५ औं वार्षिकोत्सब तथा अन्तराष्ट्रिय भेला सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालमा परोपकारमा समर्पित व्याक्ति तथा यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो । यसैक्रममा मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला, हेटौडामा परोपकारमा सक्रिय रामजी अधिकारी र सुशीला केसी साथै नेपालमा अटिज्मबारे जनचेतना जगाइरहेकि सविता उप्रेती सम्मानित भएका छन् । कार्यक्रममा सम्मानित भएकाहरुले यस्ताखाले सम्मानहरुले परोपकारमा लागिरहन प्रेरणा मिल्ने प्रतिकृया दिएका थिए ।

नेटवर्कका नव चुनित ग्लोवल संयोजक खरेलले ‘हेल्प नेपाल नेटवर्क’ प्रवासमा बसेर कसरी स्वदेशको परोपकारमा सामेल हुन सकिन्छ भन्ने कुराको उदाहरण भएको बताएका थिए ।

Leave a Reply