सिड्नीमा कारको ठक्करबाट चार बर्षीय बालकको मृत्यु

३०  डिसेम्बर २०२४ – सिड्नी पश्चिममा सोमबार दिउँसो कारको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

बालकलाई उत्तरी सेन्ट मेरीजको ग्लोसप सेन्टमा फोर्ड सेडानले करिब १२ बजेको समयमा  ठक्कर दिएको थियो।

उनलाई NSW एम्बुलेन्सका प्यारामेडिकहरूले उपचार गरे तर अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो।

चालकलाई अनिवार्य परीक्षणका लागि नेपोनियन अस्पताल लगिएको छ ।

Leave a Reply