यस्ता कुरा लिएर अष्ट्रेलिया आए अब हुन्छ भिषा रद्द
अष्ट्रेलियाको कडा जैबिक कानुनले अष्ट्रेलिया कृषि तथा पर्यटन उद्योग तथा पर्यावरणमा नकारात्मक असर पार्ने निश्चित खाना, बोटविरुवा तथा मासुजन्य बस्तुहरु अष्ट्रेलिया ल्याउन निषेध गरेको छ । यही बर्षको अप्रिलमा लागु भएको एक कानुनका अनुसार अध्यागमनका कर्मचारीले यस्ता बस्तुहरु आफुसँग रहेको नखुलाउने जो कोहीको भिषा खारेज गर्न वा अवधी छोट्याउन सक्ने अधिकारको व्यवस्था गरेको छ ।
के के खाना अष्ट्रेलिया ल्याउन पाइन्छ र के के पाइदैन त?
अष्ट्रेलियाको एयरपोर्टहरुमा अवतरण हुनुपुर्व हवाइजहाजका कर्मचारीले एउटा फारम दिन्छन, त्यसमार्फत आफुले ल्याएका खानाहरुबारे अष्ट्रेलिया जैविक सुरक्षा अधिकारीलाई आफुले ल्याएको खानेकुराको बारेमा जानकारी गराउनुपर्ने हुन्छ । फारममा ल्याउन निषेध गरिएको कुनै खानेकुरा भए जैविक सुरक्षा अधिकारीले तपाईको झोला अनुगमन गर्छन । तलका कुराहरु अष्ट्रेलिया ल्याउन निषेध नगरिएकाले तपाईको झोलामा ती बस्तु भएपनि निर्वाध रुपमा अष्ट्रेलिया प्रवेश गर्न पाउनु हुनेछ ।
यदि तपाईको झोलामा कफी, बिस्कुटहरु, पाउरोटी, केक, चकलेट, म्यापल सिरप र तेलहरु रहेका छन भने यहाँले फारममा जानकारी गराइराख्नु पर्दैन ।
तर चियापत्ति, चामल वा भात, मरमसला, अचारहरु, गेडागुडी र दुघजन्य पदार्थहरु बोक्नुभएको छ भने जैविक सुरक्षा अधिकारीलाई जानकारी गराउनै पर्दछ ।
अौषधी
आफुले खानेगरेका औषधीहरु अष्ट्रेलिया ल्याउन पाईन्छ तर डाक्टरको प्रिस्क्रिप्सन अनिवार्य रुपमा बोक्नु पर्दछ । तीन महिनाभन्दा बढी समयको लागी भने औषधी ल्याउन पाइन्न । यसरी आफुसँग भएको औषधीसमेत अष्ट्रेलियका एयसपोर्टमा रहेका अध्यागमनका कर्नचारीलाई जानकारी गराउनु पर्दछ ।
बोटबिरुवा, फुल तथा बिउबिजन
जिवित बोटबिरुवा अष्ट्रेलिया ल्याउन निषेध गरिएको छ । बिउबिजनको हकमा तपाईले अध्याकमन कर्मचारीलाई जानकारी गराउनुपर्ने हुन्छ । उनीहरुले आवश्यक अनुगमन गरि ल्याउन मिल्ने बिउबिजन भए ल्याउन दिन्छन ।
मिठाइजन्य बस्तुहरु
आफुसँग कुनैपनि प्रकारका मिठाइजन्य पदार्थ रहेको भए आष्ट्रेलियन अध्यागमनले जानकारी गराउन भन्छ । साथै फुलहरु, सुकाका फलफुलहरु तथा इन्डियन मिठाइहरु ल्याउन निषेध गरेको छ ।
निषेध गरिएका बस्तुहरु ल्याउदा के हुन्छ?
निषेध गरिएका सामानहरु तपाईले हवाइजहाजबाट ओर्लने समयमा जहाजका कर्मचारीले दिइको ‘Incoming Passanger Card’ मार्फत अध्यागमनका कर्मचारीलाई जानकारी गराउनुपर्ने हुन्छ । ‘Incoming Passanger Card’ कानुनी कागजात हो । तपाईले आफुसँग छ भनी जानकारी गराएका बस्तुहरु अष्ट्रेलियाको कृषि तथा जलश्रोत विभागका कर्मचारीले चेकजाँच गर्छन र कानुनी रुपमा अष्ट्रेलिया लैजान नमिल्ने बस्तुहरु जफत गर्छन । माथी भनिएका सामाग्रीहरु यदि तपाईसँग छन भने तपाई आफैंले उपलब्ध गराइएको बिनमा फ्याल्नपनि सक्नुहुनेछ ।
निषेध गरिएका बस्तुबारे अध्यागमनलाई जानकारी नगराउदा के हुन्छ?
तपाईले ‘Incoming Passanger Card’ मार्फत जानकारी नै नगराएपनि अध्यागमनका कर्मचारीले तपाईको ब्यागको खानतलासी गर्न सक्ने कानुनी प्रवधान रहेको छ । उनीहरुले X-ray मेसिन वा तालिमप्राप्त कुकुरको सहायताले चेकगजाँच गर्न सक्नेछन । यदि यसरी चेकजाँचका क्रममा तपाईले निषेध गरिएका सामाग्रीबारे जानकारी नगरेको देखिएमा देहायका सजाय हुन सक्छन;
- तपाईलाई पक्राउ गर्न सक्छन
- तपाईको भिषा अवधी घटाउन सक्छन
- तपाईको भिषा रद्द गरेर फिर्ता पठाउन सक्छन । यसो भएमा तपाई आगामी तीन बर्षसम्म अष्ट्रेलिया आउन स्वत: अयोग्य हुनुहुनेछ ।
- तपाईलाई जरिवाना गराउन सक्छन
- तपाईलाई अष्ट्रेलियन डलर ४ लाख बीस हजारसम्म जरिवाना र १० बर्षसम्मको जेलसजाय सम्मको सजाय हुनसक्छ
Leave a Reply