मेलबर्नमा नेपालीले गरे आत्महत्या, डिप्रेशनको आशंका

मेलबर्नमा एक नेपाली बाथरुममा मृत भेटिएका छन । मृत भेटिएका ब्यक्ति तनहुँका दीपेन्द्र खनाल भएको पुष्टि भएको छ । खनाल सन २००८ मा बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएको र आएको केही समयमा नै शरणार्थी भिषामा आवेदन दिएको बुझिएको छ । 

उनीसँगै बस्नेहरुले उनको व्यवहारमा पछिल्लो छ महिनादेखी निकै परिवर्तन आएको बताएका छन । उनले करिब छ महिनादेखी आफुलाई एक्लैउदै लगेको र फोनमा समेत त्यत्ति धेरै कुराकानि नगर्ने गरेको उनीहरुको भनाइ छ । कम बोल्ने भएका कारण उनी गुज्रिरहेको आवस्था र उनी कुनै समस्यामा भएकोबारे थाहा नभएको उनीहरुले बताएका छन । उनी निकटले उनको व्यवहारबारे बताएको विबरणले उनलाई डिप्रेसन रहेको आशंका गरिएको छ । 

उनको पार्थीव शरिरलाई पोस्टमार्टमका लागी अस्पताल राखिएको छ । पोस्टमार्टम सकिनासाथ उनको शरिरलाई नेपाल पठाउने तयारी गरिएको छ । 

 

Leave a Reply