अष्ट्रेलियामा अर्को कलेजको दर्ता खारेजी, थप १ हजार विद्यार्थी प्रभावित
२८ मे २०१९, सिड्नी- नर्सिङ पढाउने AIBT कलेजको दर्ता खारेज हुँदा १ हजार बढी नेपाली विद्यार्थी समस्यामा परेको घटना सेलाउन नपाँउदै अर्को कलेजको दर्ता खारेज हुँदा लगभग उही संख्यामा नेपाली विद्यार्थीहरु प्रँभावित हुने देखिएको छ । उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं नेपाली विद्यार्थीहरु राज्यको हेलचेक्र्याई र अयोग्य परामर्षदाताको गलत सल्लाह र सुझावका कारण सौयौंको संख्यामा शैक्षिक अन्यौलमा पर्ने गरेको छन । यतिका घटनाहरु सार्बजनिक भैरहदाँ पनि नेपालबाट बर्षेनी अष्ट्रेलिया आउने विद्यार्थीको संख्या भने बढीरहेको तथ्याङ्कले देखाउने गरेको छ
इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेसँगै पुन ठुलो संख्यामा नेपाली विद्यार्थी अन्यौलमा परेका हुन्। अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ।
तीन महिनाअघि उही नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसकी र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए। दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ।
यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथिनै खेलवाड गरेको देखिन्छ।
यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुन: सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।
यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन्। एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन: सोचनिय बनेको छ।
यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन्।
Leave a Reply