को को भिड्दैछन प्रगतिशिल र प्रजातान्त्रिकबाट एनआरएन अष्ट्रेलियामा?

२८ मे २०१९, सिड्नी- चिसो बढ्दै गरेको अष्ट्रेलियामा गैर आवासीय नेापाली संघ अष्ट्रेलियाको निर्वाचन नजिकिएसँगै चुनाबी गर्मी बढेको छ ।उम्मेद्वारहरुले समुहगतरुपमा नै आफ्नो उम्मेद्वारी घोषणा गरेका कारण अष्ट्रेलियाभरि नै प्रगतिशिल र प्रजातान्त्रिक धार स्पष्ट रुपमा नै छुट्टिएको छ । 

प्रगतिशिलतर्फको नेतृत्व दिनेश पोखरेलले गरेका छन भने प्रजातान्त्रिकतर्फको नेतृत्व केशब कडेंलले गर्दैछन् । दिनेश पोखरेलले नेतृत्व गरेको समुहमा बिभिन्न जातजाति, धर्म, व्यावसाय आदिका उम्मेद्वारहरुलाई समाबेस गर्दै नाम नै “समावेसी समुह” दिइएको छ । उता केशब कडेंलले भने “एनआरएनए रुपान्तरण” को नारा अघि सारेका छन । 

दिनेश पोखरेलको टिममा महासचिब सन्तोष दाहाल, सचिब उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कपिल पाण्डे, युवा संयोजक बिनोद पौडेल रहेका छन । यसैगरी अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरुमा चोलकान्त भुषाल, शमिम अन्वर, राजु मानन्धन, सम्भु कडेंल, निराजन गौली र अशोक केसी रहने बुझिएको छ । 

केशव कडेंलको टिममा भने महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सचिबमा परेस घिमिरे, कोषाध्यक्षमा अनिल पोखरेल (सीपीए) र युवा संयोजकमा इर्शौद अहमद्लाई उम्मेद्वार बनाइएको छ । कडेल समुहबाट अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरुमा छबी सापकोटा, अरुण कुमार ठाकुर , दिपक शर्मा,  राजु अधिकारी,  सूर्य आचार्य, सन्तोष कुँवर र नारायण काफ्ले उमेदबार रहने बताइएको छ । 

पोखरेलको समुहबाट न्यु साउथ वेल्समा देव गुरुङले, साउथ अष्ट्रेलियाबाट रेनुका लामाले, क्विन्सल्याण्डमा धिरेन्द्र थापाले, भिक्टोरियामा महेन्द्र कार्कीले र वेस्टर्न अष्ट्रेलियामा कृष्णमान श्रेष्ठले नेतृत्व गर्ने बुझिएको छ । 

कडेंल समुहबाट भने न्यु साउथ वेल्समा डिला खरेलले, साउथ अष्ट्रेलियामा नबिन पन्तले, क्विन्सल्याण्डमा उमेश खड्काले, भिक्टोरियामा प्रेम कडेलले र अस्ट्रेलियन क्यापिटल टेरिटरीमा  चुडामनी सापकोटाले गर्ने बुझिएको छ ।  

Leave a Reply