एड्वार्डस टाउनमा चोरी, घरधनी माथी आक्रमण

३ मे २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको नेपालीहरुको बाक्लो बसोबास भएको सबहर्व एड्वार्डस् टाउनमा शुक्रबार बिहान चोरी भएको छ । शुक्रबार बिहान ३ बजेतिर ४ जना अर्बरी एभिन्यूमा रहेको एक घरमा जबर्जस्ती घुसेका थिए । उक्त समय घरमा बाबुछोरी रहेको बुझिएको छ । उनीहरूले छोरीलाई हाते बञ्चरो देखाएर मोबाइल लुटी फेन्स नाघेर भागेका थिए । चोरीको क्रममा घरधनीमाथी आक्रमण भएको तर कोही घाइते नभएको बताएको छ ।

धरधनीने प्रहरीलाई खबर गरेलगत्तै प्रहरी पुगेर उनीहरूको खोजी गरेको साउथ अष्ट्रेलिया प्रहरीले बताएको छ । कुकुरको सहयोगमा पछाडीको फेन्स नाघेर भागेकामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एकजना भागेका छन । बाँकी २ जना सेतो रंगको होल्डन बरिनामा भागेको बताइएको छ । उनीहरूको खोजीकार्य तीब्र रुपमा भइरहेको छ ।

Leave a Reply