‘गैर नेपालीलाई एनआरएनए सदस्य बनाइयो’
२ मे २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले ११ हजार ८ सय १७ सदस्य बनाई पदाधिकारीहरु अस्ट्रेलिया विश्वको सबैभन्दा बढी एनआरएनए सदस्य भएकोमा गर्ब गरिरहँदा अष्ट्रेलियामा बसोबास गरिरहेका एक इन्जिनियरले गैर नेपालीलाई समेत एनआरएनए सदस्य बनाईएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले आफुसँग भएको सम्पुर्ण सुचना सार्बजनिक गर्ने हो भने एनआरएनए नै घरासायी हुने दाबी समेत गरेका छन ।
अप्रिल ३० सम्म खुला रहेको एनआएनए सदस्यता अन्तिम २ हप्तामा ५ सय बाट एकैचोटी बढेर १२ हजारको पुग्नुलाई शंकाको घेरामा राख्नेहरु धेरै छन । गैर आवासीय नेपाली संघले समेत ‘कम्युटरबाट घरैमा बसेर अनलाईन भोट हाल्न सकिने’ भनेकोमा एकाएक सुचना जारी गर्दै भोटिङ बुथमा पासपोर्ट र सदस्यता लिँदा पेश गरेको कागजात देखाएरमात्र भोट हाल्न सकिने व्यवस्था गरिसकेको छ ।
Leave a Reply