उम्मेद्वारी शुल्क ३ सय डलर देखी २ हजार सम्म
२ मे २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले ६ जुलाईमा हुने आगामी कार्यकालको लागी निर्वाचन समिति र उम्मेद्वारी शुल्क सार्वजनिक गरेको छ । संघले न्युनतम ३ सय देखी २ हजारसम्म उम्मेद्वारी शुल्क रहनेगरी शुल्क तय गरेको छ । राज्य समिति सदस्य, नारी निकुञ्ज र युवा सदस्यको उम्मेदवारले उम्मेद्वारी दर्ता गर्न ३ सय डलर शुल्क तिर्नु पर्ने छ ।
राज्य सहसचिवले ४ सय, राज्य उपसंयोजक, सचिव, कोषाध्यक्ष, युवा संयोजक र नारी निकुञ्ज संयोजकले ५ सय डलर तिर्नु पर्ने छ ।
यसैगरी राष्ट्रिय समिति सदस्य हुन ७ सय ५०, युवा संयोजक, नारी निकुञ्जको संयोजक, सचिब, सह सचिब, कोषाध्यक्ष र प्रवक्ताको उम्मेद्वारी शुल्क १ हजार डलर तय गरेको छ । राष्ट्रिय समिति उपाध्यक्ष (राज्य संयोजक) र अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यको १ हजार २ सय, महासचिव १ हजार ४ सय राष्ट्रिय समिति अध्यक्षको उम्मेद्वारी २ हजार डलर तय गरेको छ ।
Leave a Reply