एडिलेडमा दाल भात तरकारी

१ मे २०१९, एडिलेड- महसंचारको ब्यानरमा किरण केसी निर्मित नेपाली चलचित्र दाल भात तरकारी एडिलेडमा प्रदर्शित हुने भएको छ । मर्करी सिनेमा हलमा आगामी मे ५ साँझ ७ बजेदेखी उक्त चलचित्र प्रदर्शित हुन लागेको आयोजकले बताएका छन ।

कमेडी जनरामा बनेको परिवारिक नाट्य कथा रहेको उक्त चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, विल्सन बिक्रम राइ, निरुता सिङ, स्वस्तिमा खड्का, बर्षा राउत,पुष्प खड्का, आँचल शर्मा लगायत दर्जनौं नाम चलेका कलाकारहरु अभिनित यस चलचित्रवारेको दर्शकको निकै अपेक्षा रहेको छ । पुष्प खड्काको प्रमुख भुमिका रहेको चलचित्रमा हरिबंश र निरुता उनका आमाबाबुका भूमिकामा देखिन्छन भने उनकि प्रेमीका को भूमिकामा आँचल शर्मा रहेकि छन् ।

Leave a Reply