लिमिट भन्दा ५ गुणा बढी पिएर उबर चलाउने ड्राईभरको लाइसेन्स खारेज
२८ अप्रिल २०१८, एडिलेड- लिगल लिमिटभन्दा ५ गुणा बढी पिएर उबरमा यात्रु ओसारीरहेको अवस्थामा एक ड्राईभरलाई साउथ अष्ट्रेलिया प्रहरीले पक्राउ गलेको छ ।
एन्ज्याक डेको दिन अर्थात २५ अप्रिल अपह्रान्न २.१५ बजे ब्रेथ टेस्टका लागी प्रहरीले यात्रु ओसारीरहेका ३८ बर्षीय ड्राईभरलाई नर्थ एडिलेडको बर्किनहेड भन्ने ठाउँमा रोकेको थियो । ब्रेथटेस्ट गर्दा उनले लिगल लिमिटभन्दा ५ गुणा बढी पिएको पाइएपछि तत्काल लाइसेन्स खारेज गरिएको थियो । प्रहरीले ड्राईभरको ब्याक्तिगत सुचना गोप्य राखेको छ ।
उनको गाडीपनि प्रहरीले नियन्त्रणमा लिएको छ भने उनलाई आगामी एक बर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ ।
Leave a Reply