भोकेशनल कोर्ष पढ्न चाहने नेपालीलाई कडाई
२९ अप्रिल २०१९, अष्ट्रेलिया- भोकेशनल कोर्ष पढ्न चाहने नेपालीलाई अष्ट्रेलियाले कडाइ गरेको छ । यसअघिसम्म नेपालीहरूले आफूले चाहेको भोकेशनल कोर्ष कलेज फि मात्र तिरेर पढिरहेकोमा अब उप्रान्त न्युनतम अंग्रेजी र आफुसँग पर्याप्त आर्थिक श्रोत रहेको प्रमाण पेश गर्नु पर्ने भएको छ । परिवर्तित नियमानुसार नेपालीले अष्ट्रेलियामा भोकेशनल कोर्ष पढ्न चाहेमा आइएलटिएसमा ४.५ ल्याइएको हुनुपर्ने छ भने पर्याप्त रकम रहेको प्रमाण समेत पेश गर्नु पर्ने छ ।
उक्त नियम मे १ बाट लागु हुने बताइएको छ । अष्ट्रेलिया पढ्न तथा अन्य भाषामा आएका नेपालीहरूले बिभिन्न भोकेशनल बिषयहरुमा छोटा कोर्षहरू पढेर आर्थिक उपार्जन गर्दै आएका छन ।
Leave a Reply