कोषाध्यक्षमा सुजन अघिकारीको उम्मेद्वारी

२६ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको कोषाध्यक्षमा सुजन अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेद्वारी घोषणा गरेका छन । मृदुभाषी सुजन छोटो समयमानै नेपाली समुदाय तथा साउथ अष्ट्रेलियन राजनितिज्ञहरुसँग सम्बन्ध जोड्न सकेका कारण चर्चामा रहेका छन् । सुजन लेवर पार्टीका लागी नेपाली प्रतिनिधी समेत हुन । कोषाध्यक्षमा उम्मेद्वारी दिएका सुजन दुबै पक्षसँगको समहतिमा आफुले उम्मेद्वारी दिएका कारण र समुदायलाई सेवा गर्नुमात्र आफ्नो प्राथमिकता भएका कारण आफु निर्विरोध हुने सम्भावना बढी रहेको बताउछन ।

सुजन अधिकारीको उम्मेद्वारी घोषणाको पुर्णपाठ

संपुर्ण दक्षिण अष्ट्रेलियावासी नेपालीजनहरुमा नमस्कार,
युवाहरुले गरेको नेतृत्वले स्वच्छ समाज निर्माण र सामाजिक भावनालाई मजवुत बनाई संपुर्ण नेपालीहरुको अधिकतम हितमा उपयोग गर्न सकिन्छ भन्ने मान्यतालाई उजागर गर्न, सिमीत साधन र श्रोतका बावजुद नेपाली समुदायमा दह्रिलो उपस्थिती सहित आवश्यक परेको बखतमा जुनसुकै सहयोग गर्न सकिने संस्थाको मुख्य लक्ष्यलाई दिगो र चिरस्थायी बनाई प्रवासमा रहेका सबै नेपालीहरुको साझा संस्था बनाऊने संकल्प सहित,
एडिलेडको बसाईमा यहाँको नेपाली समुदायमा सधै सहयोगि बनि अगाडी बढिरहेका पाईलाहरु यो पटक एनआरएनए को लामो यात्रामा हिड्न योग्य सम्झि म, सुजन अधिकारी, एनआरएनए दक्षिण अष्ट्रेलियाको राज्य समिती कोषाध्यक्ष ( STATE TREASURER) को पदमा उम्मेदवारी प्रश्तुत गरि हजुरहरु समक्ष सहयोगको आग्रह सहित यहि एप्रिल ३० तारिख भित्र सदस्यता लिई योग्य प्रवासी नेपालीको पहिचान दिई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
सुजन अधिकारी
0420770511

Leave a Reply