उपसंयोजकमा चन्द्र कुंवरको पनि उम्मेद्वारी
२६ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियामा उपसंयोजक पदमा चन्द्र कुंवरले पनि उम्मेद्वारी घोषणा गरेका छन । सोही पदमा यसअघिनै सन्तोषी गौतमले उम्मेद्वारी घोषणा गरिसकेकी छन । बर्तमान समितिका सह सचिव रहेका कुंवर एनआरएनएमा लाग्नु अगाडि देखीनै विद्यार्थी तथा नवआगन्तुक नेपालीहरूलाई रोजगारीमा सहयोग गर्नेगरेको बताउँछन् ।
कुंवरको उम्मेद्वारी घोषणाको पूर्णपाठ
यहाँहरू सबैलाई नमस्कार,
एनआरएनएले आफ्नो स्थापना देखि नै शुरु गरेको बिशुद्ध सामाजिक अभियानमा म साउथ अष्ट्रेलियामा अाएदेखि मानवता र समाजसेवाको भावनालाइ मुर्त रुप दिन निरन्तर सक्रिय रहेको कुरा एडिलेडबासी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई स्मरण गराऊदै एनआरएनए को हालको कार्यसमितिमा सहसचिवको रुपमा सिकेको काम र अनुभवलाई अझ विस्तार एवं कतिपय शुरु गरेका अभियानहरुलाई निरन्तरता दिनका लागि यस अवधिमा आएका केहि अवरोधहरुलाई संयम, धैर्य एवं विवेकले पन्छाऊदै,
नेपाल र नेपाली समुदायको हितका खातिर केहि गरिरहने हुटहुटीलाई गुम्सिन नदिई NRNA जस्तो पवित्र प्लेटफर्म अरु केहि हुनसक्दैन भन्ने मेरो ठहरका साथ अागामी NRNA साउथ अष्ट्रेलियाको निर्वाचनमा सहसंयोजक (Deputy Coordinator NRNA SA) पदमा उम्मेदवारी दिने निर्णय गरेकाे छु र हजुरहरुको सहयोगको आशा गरेको छु …!!
यहाँको सुझाव र प्रतिकृयाको प्रतिक्षामा छु …!!
चन्द्र कुँवर
साउथ अस्ट्रेलिया
Leave a Reply