नारी निकुञ्जमा मञ्जु खड्काको उम्मेद्वारी

२२ अप्रिल २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एनआरएनए राजनिति पछिल्लो समयमा रमाइलो बन्दै गएको छ । एनआरएनएमा दुइ संयोजकहरुको उम्मेद्वारी घोषणापछी नारी निकुञ्जको संयोजक पदका लागी उम्मेद्वारी घोषणा हुन थालेको छ । सोमबार बिहान सामाजिक सञ्जालमार्फत मञ्जु खड्काले गैर आवासीय नेपाली संगको भगिनी संगठन नारी निकुञ्जको साउथ अष्ट्रेलिया संयोजक पदका लागी उम्मेद्वारी दिने घोषणा गरेकि छन ।

नेपालमा विभिन्न गैर सरकारी संस्थाहरुमा विभिन्न क्षमतामा काम गरेको अनुभव संगालेकि खड्का एडिलेड आएको केही समय देखिनै एडिलेड नेपाली समाज अन्तरगतको नेपाली विद्यालको प्रधानाध्यपक भएर काम गर्नुका अतिरिक्त विभिन्न सामाजिक कामहरुमा सक्रिय भएर लागेकि थिइन ।

खड्काले छोटो फेसबुक स्टाटसमार्फत उम्मेद्वारी दिदै भनेकि छन- “विगत केहि समयदेखि एडिलेडमा सामाजिक काममा सक्रिय हुदै आएको अनुभवलाइ निरन्तरता दिदै आउदै गरेको NRNA निर्वाचनमा नारी निकुञ्ज संयोजकमा मेरो उम्मेदवारी दिने निर्णय गरेकी छु ।”

यसको लगत्तै नारी निकुञ्जका लागी अर्को उम्मेद्वारी घोषणा हुने अनुमान गरिएको छ ।

Leave a Reply