डा. आर.के. निरौलाको विश्वास सार्बजनिक
१९ अप्रिल २०१९, एडिलेड (मिलन दाहाल)- प्रवासको व्यस्तताहरुको वावजुत नेपाली गीत-संगितलाई माया गर्नु गाह्रो कुरा हो । त्यसभन्दा पनि बढी गाह्रो कुरा हो संगीतमोहलाई निरन्तरता दिनु । अझ गाह्रो कुरा हो प्रवासमा बसेर नेपाली संगीत सिर्जना गर्नु । त्यो भन्दा पनि गाह्रो कुरा हो प्रवासमा बसेर पनि उत्कृष्ट संगीत सिर्जना गर्नु । हो, प्रवासका यिनै गाह्रा कुराहरुलाई छिचोल्दै साउथ अष्ट्रेलियाको एडिलेडबाट नेपाली भाषाको एक उत्कृष्ट गीतको सिर्जना गर्न सफल भएका छन गायक डा. रामकृष्ण निरौला । यो डा. निरौलाको गायनमा सार्बजनिक भएको दोस्रो गीत हो । निरौलाले केही महिना अधि मात्र आफ्नो पहिलो सिर्जना ‘काजीको घोडा’ सार्वजनिक गरेका थिए । डा. निरौला अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबलका प्रवक्ता समेत हुन ।
डा. निरौलाको गायकि रहेको यो दोस्रो गीत हो । गीतको रचना बरिष्ठ चिकित्सक डा. भोला रिजालले गरेका छन भने संगीत नरहरी प्रेमीले भरेका छन् ।
गीतको म्युजिक भिडियो समेत आजै सार्बजनिक भयो। एडिलेडमै छांयांकन गरिएको म्युजिक भिडियोमा नायिका केकी अधिकारी तथा इनास ग्लोवलका उपाध्यक्षसमेत रहेका संगीतकार आर सी थापाको अभिनय रहेको छ । संगीतकार थापाकै निर्देशन रहेको भिडियो निजम केसीले खिचेका हुन् ।
Leave a Reply