एनआरएनए साउथ अष्ट्रेलिया संयोजकमा नबिन पन्तको उम्मेद्वारी घोषणा

१९ अप्रिल २०१९, साउथ अष्ट्रेलिया- अष्ट्रेलियामा जाडो बढ्दै जाँदा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावी गर्मी बढ्दो छ । सदस्यता आबेदनको समय १२ दिन बाँकि रहदा जम्मा सदस्यता संख्या ९२६ पुगेको छ । संघका पदाधिकारीहरु अष्ट्रेलियामा बसोवास गर्ने नेपालीलाई सदस्यता लिन सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । त्यसो त एनआरएनए सदस्यता लिनुको औचित्य पुष्टि गर्न आग्रह गर्नेहरूको पनि कमि छैन ।

यसैबिच साउथ अष्ट्रेलियाको राज्य समिति संयोजकमा नबिन पन्तले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । घोषणामा पन्तले आफुसँग कार्यकाल २०१५-१७ मा सचिव र २०१७-१९ मा अष्ट्रेलिया राष्ट्रिय समिति सदस्य रहिसकेकाले संघसँगै आवद्द रहेर काम गरेको ४ बर्षको अनुभव रहेको बताएका छन । सामुदायिक कामहरुमा शुरुदेखिनै निकै सक्रिय पन्त आफु बलियो उम्मेद्वार भएको दाबी गर्छन । गएको निर्वाचनमा आन्तरिक विवादमा अल्झिएका प्रजातान्त्रिक विचारधार राख्नेहरु यसपाली एकजुट हुँदा उनीहरुको अवस्था बलियो हुने देखिन्छ । पन्तको सामाजिक सञ्जालमार्फत गरेको उम्मेद्वारी घोषणामा उनका धेरै शुभचिन्तकहरुले सकारात्मक प्रतिक्रिया दिएको देखिन्छ । त्यसो त कमेन्टमा उनलाई अग्रिम बधाइ दिनेहरुको पनि कमी छैन ।

देबराज कंडेलले उनको उम्मेद्वारी घोषणामा प्रतिक्रिया दिँदै लेख्छन- “मृदुभासी मिहिनेति अनि समुदायप्रति निरन्तर खटिरहने तिम्रो योगदानलाइ साउथ ओस्ट्रेलिया मात्र नभएर केंद्र र यहाको स्थानिय सरकारले पनी मुल्यांकन गरेको छ ।”

ज्ञानेन्द्र रेग्मी, प्रबिन गुरगाँइ, बन्दुबिक्रम कार्कि, सुरेन रेग्मी, दिलिप पोख्रेल, श्याम दाहाल, सुरेन निरौलालगायतले पन्त उचित उम्मेद्वार भएको प्रतिक्रिया दिएका छन् । यसैगरी कपिल पाण्डेले पनि सफलताको शुभकामना दिएका छन ।

नेकपानिकट र माओवादी निकट कम्युनिस्टहरु एकिकृत हुँदा उनीहरुको अवस्थापनि पहिलेभन्दा बलियो बनेको अवस्था छ । राज्यसमिति कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा उनीहरुको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।

Leave a Reply