नेपाल फेस्टिबलको सम्पुर्ण तयारी पुरा, कार्यक्रमस्थलमा आयोजकहरु

१४ अप्रिल २०१९, एडिलेड- नेपाली नयाँ बर्ष अर्थात १४ अप्रिल आइतवारका लागी तय भएको नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको आयोजक गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले बताएको छ । कार्यक्रमको प्रचलनअनुसार अन्तर राज्य पदाधिकारी तथा सञ्चारकर्मीहरु शनिबारै एडिलेड आइसकेका छन भने संघले आगन्तुकहरुको स्वागतका लागी शनिबार साँझ गाला डिनरको समेत आयोजना गरेको थियो ।

संघको नेपाल फेस्टिबलको पहिलो कार्यक्रम नेपाली परेड १०:३० बजेबाट प्रारम्भ हुदैछ । केहिबेर अघि कार्यक्रम स्थालबाट फेसबुक लाईभ दिदै संघका साउथ अष्ट्रेलिया संयोजक अशोक केसीके परेडमा सहभागी हुन चाहनेहरुलाई १० बजेभित्र कार्यक्रमस्थल पुगिसक्न आग्रह गरेका छ ।

Leave a Reply