डा. केसीको सोह्रौ अनशन शुरु, उही मागका लागी १६ पटक अनशन

सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको भन्दै डा. गोविन्द केसीले बुधवार साढे ४ बजेदेखि अनशन सुरु गर्ने भएका छन् ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले १६ औँ अनशन इलामको सदरमुकामस्थित फूलगाछीमा हुने उनका निकटस्थले बताएका छन्। उपसमितिले आफूसँग गरेको सम्झौता विपरीत प्रस्ताव गरेको विधेयकलाई समितिले सच्याउने आशामा दिउँसो ४ बजेसम्म उनले समय दिएका थिए।

संसदीय समितिले बहुमतको आधारमा बुधवार दिउँसो प्रस्तावलाई जस्ताको तस्तै पारित गरेपछि डा. केसीको अनसन निश्चित भएको हो। उनले १५ औँ अनसनका बेला सरकारले आफूहरूसँग गरेको सहमतिलाई विधेयकमा जस्ताको तस्तै राखिनु पर्ने अडान राख्दै आएका छन्।

यस्तो थियो सम्झौता:

– सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो [सहमतिपत्रसहित]

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुस १७ देखि अनसन बस्ने भनेर इलाम आएका थिए। तर संसदीय उपसमितिले दुई दिनको समय मागको भन्दै ७ दिन अनसन स्थगित गरेका थिए।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ। विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधवार हुबहु पारित गरिएको हो।

यसपटक डा. केसीका मागहरु:

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस् ।

क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखल्ढुंगा, खोटांग, सप्तरीलगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांगलगायतका जिल्ला समेटेर डोटी /डडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

Leave a Reply