निश्चलको सम्झनामा शोकसभा गर्दै एनआरएनए एसए

३ जनवरी २०१९, एडिलेड- गतहप्ता साउथ अष्ट्रेलिया समुद्रमा डुवि ज्यान गुमाएका नेपाली विद्यार्थी निश्चल घिमिरेको सम्झनामा गैर आावासीय नेपाली संघले शोक सभाको आयोजना गर्ने बताएको छ । संघका अनुसार शोकसभा घिमिरे डुबेकै ग्लेनेल्ग बिचमा मंगलवार, ८ जनवरीका दिन साँझ ८.१५ बजेदेखी ८.४५ बजेसम्म आयोजना गरिने बताइएको छ ।

संघले शोकसभामा उपस्थितिका लागी एडिलेड वरपरका सम्पुर्ण नेपालीहरुमा आव्ह्वान गरेको छ ।

Leave a Reply