इन्टु-मिन्टु एडिलेडमा, साम्राज्ञी र धिरज एडिलेड आउदै

नेपालमा प्रदर्शनको २ हप्तामै साढे चार करोडबढी संकलन गर्न सफल चलचित्र ‘इन्टु-मिन्टु लण्डनमा’ विहिवार, ११ अक्टोवरमा साउथ अष्ट्रेलियाको एडिलेडमा प्रदर्शन हुदैछ । चलचित्र विदेशमा पहिलोपटक अड्ट्रेलियामा र  अष्ट्रेलियाको पनि एडिलेडमा पहिलो सो हुनलागेको चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने एजुकेशन एण्ड माइग्रेसनका सुनिल उप्रेती बताउछन ।

रेनाशा बान्तवाले निर्देशन गरेको उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । चलचित्र चन्द्र सुर्य इभेन्टस्को आयोजनामा म्यारियनको इभेन्ट्स सिनेमामा साँझ ६ बजेबाट हुदैछ । चलचित्र प्रदर्शनिमा चलचित्रका नायक धिरज र नायिका सामाज्ञी पनि रहने बताइएको छ ।

 

Leave a Reply