डा. केसीको समर्थनमा घोराहीमा प्रदर्शन

१२ जुलाइ २०१८, दाङ- चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा। गोबिन्द केसीको पक्षमा आज घोराही प्रदर्शन भएको छ । दिपज्योती नर्सिङ क्याम्पस घोराहीमा अध्ययनरत विद्यार्थीहरुले डा. केसीलाई बचाउन माग गर्दै बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘सरकारको घडीमा माफियाको व्याट्री, डा. केसीका सम्पूर्ण माग पूरा गर, लोकतन्त्र कि लुटतन्त्र, पागल की भ्रष्ट ?, चिकित्सा शिक्षा ऐन यथारुपमा पारित गर, म डा. केसीको पक्षमा, ३ करोड नेपालीको स्वास्थ्यमा खेलवाड किन ?, मेडिकल माफिया होशियार’ जस्ता नारा लगाएका थिए ।

Leave a Reply