अष्ट्रेलियामा नेपाली लाइसेन्समा कडाइ
६ मार्च २०१८, सिड्नी- नेपालीहरुले नक्कली नेपाली लाइसेन्सको अत्याधिक प्रयोग गर्नेगरेको खुलेपछी अष्ट्रेलियाको सरकारले नेपाली लाइसेन्स होल्डरहरुलाई कडाइ गर्नथालेको छ । नेपाली लाईसेन्सलाई मान्यता दिने विश्वका थोरै देशहरुमा पर्ने अष्ट्रेलियामापनि नेपालीहरुको हेलचेक्राईका कारण लाइसेन्सलाई कडाइ गर्न थालिएको छ । अष्ट्रेलियामा गाडिको महत्व निकै बढी छ । सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएका साउथ अष्ट्रेलियालगायतका राज्यहरुमा गाडि र लाइसेन्स हुनु कामका लागी चाहिने आधारभुत कुराजस्तै हुन् । तर नक्कली लाइसेन्सवालाहरुको रगरगिका कारण सक्कलि लाइसेन्न हुनेहरुले समेत अब उप्रान्त असुविधा झेल्नुपर्ने हुन्छ ।
हालसम्म नेपाली लाइसेन्सले गाडी चलाउन र यहाँको लाइसेन्समा परिवर्तन गर्न सकिने व्यवस्था भएकोमा न्यु साउथ वेल्स राज्यले अव उप्रान्त नेपाली लाउसेन्स लाई यहांको लाइसेन्नमा परिवर्तन गर्न चाहनेले महावाणिज्यदूतावासबाट असली भएको प्रमाणिकरण ल्याएरमात्र यहाको लाइसेन्स परीक्षामा समेल हुन पाउने व्यवस्था लागु गरेको छ । नक्कली नेपाली लाइसेन्नधारीहरुको रबैया नरोकिने हो भने केही समयपछी नेपाली लाइसेन्नलाई अष्ट्रेलियाले मान्यता नै दिन छोड्ने जानकारहरु बताउछन ।
यता साउथ अष्ट्रेलियामा समेत आजकल प्रहरी चेकजाँचका क्रममा नेपाली लाइसेन्स देखाउदा प्रहरीले सिधै ‘नक्कली त होइन नि ?’ भनेर सोधेको प्रतिकृया अनलाईन एडिलेडकर्मीसँग थुप्रैले दिएका छन ।
लाइसेन्स भनेको मानिसको जीवन मरण जोडिएको विषय भएकाले अष्ट्रेलियामा यसलाई निकै संवेदनशिलताका साथ लिइन्छ । नेपालीहरुले नक्कली लाइसेन्स प्रयोग गर्न नछोड्ने हो भने निकट भविष्यमा अष्ट्रेलियन सरकारले नेपाली लाइसेन्नलाई दिदै आएको सुविधा कटौति हुने देखिन्छ ।
Leave a Reply