निरज खरेलको ‘असारे झरी ‘ सार्वजनिक

२५ फेब्रुवरी २०१८, सिड्नी- अस्ट्रेलिया को सिड्नी मा बसोबास गर्दै आएका गायक निरज खरेलको असारे झरी बोलको गीत बुढा सुब्बा डिजिटलको यूटुब च्यानल मार्फत रिलिज गरिएको छ । थंडरस्टोर्म रेकर्डस द्वारा प्रस्तुत गरिएको उक्त गीतमा कृष्ण मल्ल र हेमंता आचार्यले अभिनय गरेका छन भने छायांकन र निर्देसन को जिम्मा सिड्नीमा धेरै वर्ष देखि नेपाली संगीतको उत्थानमा लागि परेका कलाकार किरण भण्डारीले सम्हालेका छन ।

गीतमा शब्द, संगीत, र गायन स्वयम  खरेलको रहेको छ भने संगीत संयोजन नेपालका बरिस्ठ गितार बाधक संजिव बराइलीले गरेका छन । धेरै भो धेरै भो… जस्तो गीत गाएर चर्चा कमाएका गायक निरज खरेल को उक्त गीत को ध्वनी मिश्रण नेपालकै ड्रिम्स रेकर्डिंग स्टुडियोका प्रकाश केसीले गरेका हुन् I

Leave a Reply