साउथ अष्ट्रेलियामा धुमधामसँग मनाइयो पाँचौ अन्तराष्ट्रिय ढाका टोपी दिवश
१ जनवरी २०१८, एडिलेड- साउथ अष्ट्रेलियामा सोमबार धुमधामसँग पाँचौ अन्तराष्ट्रिय ढाका टोपी दिवश मनाइएको छ । साउथ अष्ट्रेलियाको एडिलेड शहरमा ढाका टोपी दिवश मनाइएको हो । एडिलेडको दक्षिणतर्फ रहेको ओकल्याण्ड पार्कमा नेपाली ढाका टोपीसहित सयभन्दा बढी युवाहरु भेला भएका भइ ढाका टोपी दिवश मनाइएको हो ।नेपाली टोपी नेपाली सान्’ भन्ने नाराका साथ प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाको अग्रसरतामा मनाइएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, इनास, एडिलेड नेपाली समाज, नेपाली टेनिस क्लब लगायत बिभिन्न संघसस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपालमा लामो समयदेखी राष्ट्रिय पोशाकका रुपमा रहिआएको दौरा शुरुवाल र ढाका टोपीलाई नयां सम्विधानमा अरुनै व्यवस्था गरिएको सांकेतिक विरोधस्वरुप सन् २०१४ देखी युवाहरुले शुरु गरेको ढाका टोपी दिवश विश्वब्यापी बन्दै गइरहेको छ । नेपालको तराइमा मधेसी समुदायले भने यस दिनलाई धोती दिवसका रुपमा मनाउने गरेका छन ।
Leave a Reply