नेपालमा राजनीतिले स्थाइत्व पाउने आशमा एडिलेडमा साटियो खुसीयाली

१ जनवरी २०१८, एडिलेड- नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धन बनाई चुनाब लडेका नेकपा एमाले र माओवादी केन्द्रको बहुमतपछी साउथ अष्ट्रेलियाका नेपालीहरु निकै हर्षित बनेका छन । देशको राजनितिले स्थायित्व पाउने आशमा साउथ अष्ट्रेलियामा बसोवास गर्ने नेपाली खुसी भएका हुन । राजनितिले स्थाइत्व पाएपछी देशामा विकाशले गति लिने बुझाइमा साउथ अष्ट्रेलियाका नेपालीहरु खुसी भएका हुन । उक्त खुसी साट्दै इश्वी सम्बतको नंया बर्षको अवशरमा बार्बिक्यु (BBQ) कार्यक्रमको आयोजनासमेत गरियो । बाम गठबन्धन नजिकका बिचार राख्ने प्रवासी नेपाली मञ्च र माओवादी केन्द्रका समर्थकहरुको आयोजनामा BBQ कार्यक्रम गरिएको हो । 

कार्यक्रममा उपस्थिति जनाएका गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपसंयोजक अशोक केसीले निकै लामो समयपछी कुनै एक समुहको बहुमत आउनुले राजनितिक स्थाइत्वतर्फ संकेत गरेको धारणा राखे । केसीले भने- “नेपाली जनताले कुनै एक दल वा समुहको बहुमतको अपेक्षा राखेबमोजीम नै चुनाबि परिणाम आएको छ । नेपालभित्रका मात्र नभएर प्रवासमा बस्ने नेपालीहरुसमेत लामो समयदेखी अस्थाइ राजनितिले आक्रान्त भएकाले राजनितिक स्थाइत्वको अपेक्षा गरेका छन ।”

यसैगरी कार्यक्रममा उपस्थित बरिष्ठ इन्जिनियर राजु उपाध्यायले प्रवासमा कतिले राजनितिले समाज बिगार्यो भनेर इंगित गर्नेगरेको कुरा वास्तवमा राजनिति नै नभएको धारणा राखे । उनले पछिल्लो समयमा नेपाली राजनितिमा आएको परिवर्तनले प्रवासमा बस्ने अन्य नेपालीहरुजस्तै आफुपनि आशावादी रहेको बताए ।

यसैगरी आयोजकमध्येको प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाका हेम खनालले प्रवासमै बसेपनि नेपाल र नेपाली राजनितिसँग प्रवासीहरुको नजिकको सम्बन्ध रहेकाले राजनिति सकारात्मक हुदा खुसी लाग्नु र नकारात्मक हुदा दुख लाग्नु स्वभाविक भएको बिचार राखे । “

Leave a Reply