एमाले मओवादी एकताको प्रकृया शुरु
२२ डिसेम्बर २०१७, काठमाण्डौ- प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले स्थायी समितिकोे बैठक आज १ बजे बस्ने बुझिएको छ । स्रोतका अनुसार बैठक बरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने छ ।
शुक्रवार बस्ने बैठक हालसालै भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो हो । बैठकमा पार्टी एकता, निर्वाचनको समीक्षा र सरकार गठनका विषयमा ठोस धारणा तय गर्ने बुझिएको छ । पार्टीभित्र अन्तर्घात भएको भन्दै एमालेले छानविनका लागि समिति नै बनाएको छ ।
यसैवीच आजै एमाले बैठकपछि एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने बुझिएको छ । एकता संयोजन समितिका सदस्य एवम् माओवादी नेता नारायणकाजी नेता श्रेष्ठका अनुसार आजको बैठकबाट एकताको प्रकृया सुरु हुनेछ ।
Leave a Reply