रबीले शुरु गरे ७७ घर हुने मुशहर बस्ती निर्माण, ६ महिनामा निर्माण पुरा हुने
२० डिसेम्बर २०१७, एडिलेड- १४ बर्षको अमेरीका बसाइपछी देश परिवर्तन गराइछाड्ने अठोट गरि नेपाल फर्किएका तथा लगातार ८६ घण्टासम्म टेलिभिजन अन्तरवार्ताको कार्यक्रम चलाएर गिनिज बुकमा नामसमेत लेखाउन सफल पत्रकार रबी लामिछानेको ‘सीधा कुरा जनतासँग’को अग्रसरतामा गर्ने भनिएको मुशहर बस्ती निर्माणको कामको शुरुवात भएको छ । मंगलवारको कार्यक्रममार्फत १८ डिसेम्बरबाट बस्ती निर्माणको शुरुवात भएको जानकारी गराएका लामिछानेले बस्ती निर्माण कार्यक्रमको कार्यक्रम केही ढिला हुन गएकोमा क्षमायाचना समेत गरे । ‘तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ’ बस्ती निर्माणको काम शुरु भएको घोषणा गर्दै लामिछानेले भने ।
‘तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो ।’ उनले थपे । बस्ती निर्माणको कार्यक्रममा उक्त स्थानका सम्पुर्ण गन्यमान्य व्याक्तिहरुलाई बोलाइएको थियो ।
पुर्व माओवादी लडाकु दिल निसानीले भने लामिछानेलाई नेपाल सरकारले गिरफ्तार गर्नुपर्ने अभिव्याक्ति दिदै आइरहेका छन ।
Leave a Reply