उबरले १८ हजार डलर भाडा लिएपछी……
१२ डिसेम्बर २०१७, टोरोन्टो- विश्वभर ट्याक्सिको विकल्पका रुपमा स्थापित हुदै गएको उवर प्रयोगकर्ताहरु निकै बढीरहेका छन । हुनपनि ट्याक्सि भन्दा २५ देखी ३५ प्रतिसतसम्म सस्तो पर्ने तथा स्मार्टफोनको प्रयोगबाट सजिलै अर्डरसमेत गर्न सकिन्छ । तर, होस गर्नुहोला । भर्खरै उवरले एक यात्रुलाई २१ मिनेटको यात्राका लागी क्यानेडियन डलर १८,५१८ चार्ज गरेको छ ।
घटना क्यानडाको हो । क्यानडाको टोरोन्टोमा २१ मिनेटको एक छोटो यात्राका लागी एमिलि केनार्ड नाम गरेका यात्रुलाई त्यतिका रकम चार्ज गरेको हो । उवरले शुरुमा रकम फिर्ता गर्न मानेको थिएन तर यात्रुले उक्त विषयलाई सामाजीक सञ्जालमा लिएर आएपछी गल्ति भएको भन्दै रकम फिर्ता गरेको थियो । उवरले हाल उक्त घटना कसरी भयो भनेर अनुसंधान गरिरहेको बताएको छ ।
Leave a Reply