समानुपातिकमा पनि एमालेनै अगाडी, कांग्रेस दोस्रो

११ डिसेम्बर २०१७, काठमाण्डौ- नेपालमा हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ निकै अगाडी रहेको नेकपा एमाले नै अगाडी देखिएको छ । प्रत्यक्षतर्फ निकै नराम्रो अवस्था झेलेको कांग्रेसले समानुपातिकबाट भने केही बढी सिट पाउने देखिएको छ । समानुपातिकतर्फ हालसम्मको मतगणना हेर्दा एमालेले ३ लाख ८९ हजार मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३ लाख ७७ हजार मत प्राप्त गर्दै दोस्रो दलको रुपमा रहेको छ । उता प्रत्यक्ष तर्फ दोस्रो दलको हैसियत बनाएको माओवादीले भने समानुपातिकमा हालसम्म १ लाख ८४ हजार मतमात्र प्राप्त गरेको छ ।

समानिपातिकतर्फ प्रदेश नं १,३ र ५ मा एमाले, प्रदेश नं २ मा राजपा, प्रदेश नं ६ मा माओबादी र प्रदेश नं ७ मा कांग्रेसले अग्रता लिइरहेका छन ।

Leave a Reply