यी हुन ति पुर्व उपप्रधानमन्त्रीहरु जो निर्वाचनमा पराजित भए

११ डिसेम्बर २०१७, काठमाण्डौ- नेपालमा हालसालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा केही नसोचेका घटनाहरु भए । बाम गठबन्धन तथा एमालेको त्यति धेरै मत आउला भनेर स्वयं एमालेका अध्यक्ष एवं कार्यकर्तासमेतलाई अनुमान थिएन ।  अर्को रिचक कुरा त के छ भने बिगतमा उपप्रधानमन्त्री भइसकेका   विभिन्न दलका सात जना पराजित भएका भए । यसरी पराजित हुने उपप्रधानमन्त्रीहरुमा सबेभन्दा बढी कांग्रेसबाट ४ जना, एमालेबाट १ जना, माओवादीबाट १ जना तथा राप्रपाबाट १ जना रहेका छन । कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका समेत दावेदार रहेका रामचन्द्र पौडेल पराजित भए । यसैगरी एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमसमेत पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पराजित भए ।

उता गोरखा–२ बाट वाम गठबन्धनका लागी मुख्य भूमीका खेलाका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नु परेको छ। यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापा पनि पराजित भएका छन्। कांग्रेसमा भर्खरै प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी–३ मा एमालेकी भगवती चौधरीसँग पराजित भए। धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित भएका छन्। कांग्रेसका डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा.प्रकाशशरण महत, बलबहादुर केसी मात्र हैन चर्चित युवा नेता नवीन्द्रराज जोशी, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र रामहरि खतिवडाले पनि पराजय भोग्नुपरेको छ।
नेपाल समाचारपत्रबाट

Leave a Reply