मतगणना जारी- एमालेको अग्रता, माओवादी पछ्याउदै

८ डिसेम्बर २०१७, काठमाण्डौ- नेपालमा प्रतिनिधी र प्रदेश सभाका लागी बिहिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । शुरुवातमा नेकपा एमालेले अग्रता दिएको छ । शुक्रवार बिहानसम्मको मतगणनाअनुसार नेकपा एमालेले २ स्थानमा जित तथा १७ स्थानमा अग्रता लिइरहेको छ भने मओवादी केन्द्रले १ स्तानमा जित र १२ स्थानमा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले भने हालसम्म कुनैपनि स्थानमा जित हासिल गर्न सकेको छैन भने ५ स्थानमा अग्रता लिइरहेको छ ।

 मनाङबाट सैयौ अपराधिक मुद्रा लागेरपनि  प्रमाणित हुन नसकेका दिपक मनाङ्गे ले स्वतन्त्र उम्मेद्वारका रुपमा जितेका  हुन । एमालेले टिकट नदिएपछी उनी स्वतन्त्र उठेका थिए ।

Leave a Reply