काठमाण्डौमा गगन, झापामा विश्वप्रकाश र सिटौला निकै पछाडी, मिश्र मतान्तर घटाउदै

८ डिसेम्बर २०१७, काठमाण्डौ- देशैभर कांग्रेसको पक्षमा निकै नराम्रो मतपरीणाम आइरहेको बेला कांग्रेको निकै बलियो र राम्रा मनिएका नेताहरु पनि पछी परेका छन । काठमाण्डौमा डा. राजन भट्टराईले गगन थापालाई, झापामा राम कार्कीले विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देनले कृष्ण सिटेलालाई निकै पछाडी छोडेका छन । काठमाण्डौको क्षेत्र नं ४ मा डां राजन भट्टराइ(२८३२)ले गगन थापा (२४४५) लाई करीब ४ सय मतले पछाडी पारेका छन ।   झापाको क्षेत्र नं १ मा राम कार्की (१८३३) ले विश्वप्रकास (१६०९) लाई २२४ मतले र झापाकै क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङ्देन (२३६४)ले कृष्णप्रदाद सिटौला (११२३)लाई १२ सयभन्दा बढी मतले पछाडी पारेका छन ।

यता अर्को चर्चित काठमाण्डौ क्षेत्र नं १ मा भने रबिन्द मिश्रले मतान्तर केही घटाएका छन ।

Leave a Reply