यसपटक राष्ट्रिय पार्टि, अर्को पटक देशको नेतृत्व: रबिन्द्र मिश्र
७ डिसेम्बर २०१७, काठमाण्डौ- काठमाण्डौ क्षेत्र नं १ बाट आफ्नो मत खसाल्दै बिबेकशील साझा पार्टिका अध्यक्ष रबिन्द्र मिश्रले यसपटक राष्ट्रिय पार्टि, अर्को पटक देशको नेतृत्व गर्ने दाबी पुन दोहोर्याएका छन । देशको बिग्रदो अवस्थाबाट आक्रान्त भइ बीबीसी नेपाल प्रमुखको पदबाट राजीनामा गरि राजनीतिमा होमिएका रबिन्द्र मिश्रप्रति युवा पुस्ताको विश्वास रहेको छ । छोटो समयमा निकै लोकप्रियता हासिल गरेका मिश्र युवाहरुमाझ निकै लोकप्रिय रहेका छन । उनीमाथी विश्वास गर्ने अधिकासं युवाहरु बिदेशमा रहेका कारण उनका बिरोधीहरुले उनको लोकप्रियतालाई फेसबुके लोकप्रियता भनि ब्याख्या गर्ने गरेका छन ।
देश विदेशको अनुभव संगालेका मिश्रको विबेकशील साझा पार्टी देशको राजनीतिको मुलधारमा आउनसके देशको बिकाशले अग्रता लिने धेरैको विश्लेषण रहेको छ ।
Leave a Reply