नेपालमा दोस्रो चरणको मतदान, ‘भारत र चीनको युद्द’:वासिङ्टन पोस्ट
विदेशमा बस्ने नेपालीबिच फेसबुक युद्द
७ डिसेम्बर २०१७, काठमाण्डौ- बर्षौं देशमा गृहयुद्द चलाएको नेपालको कम्युनिस्ट पार्टी माओवादी शान्तिप्रक्रियमा आएपछी पहिलोपल्ट भएको आम निर्वाचनको दोस्रो संस्करण बिहिबार हुदैछ । दोस्रो चरणअन्तरगत ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
यसैबिच वासिंग्टन पोस्टले नेपालको निर्वाचनलाइ भारत र चिनबिचको लडाई भनेर एक स्तम्भ प्रकाशित गरेको छ । भारतीय लेखिका बिद्या दोषीले लेखेको उक्त स्तम्भमा बाम गठबन्दनको जितलाई चीनको जितको रुपमा र कांग्रेस गठबन्दनको जितलाई भातरको जित भनि ब्याख्या गरिएको छ । सामाजिक सञ्जालप्रयोगकर्ताहरुको चर्को बिरोधपछी हाल स्तम्भको शीर्षक सच्याइ ‘नेपालमा विहिबार मतदान, भारत र चीन नजिकबाट नियालिरहेका छन’ बनाइएको छ ।
यसैबिच प्रवासमा रहेका नेपालीहरुबिच भने निर्वाचनका बिषयमा आफ्ना विचार राख्ने, चुनाव प्रचारप्रसार गर्न र भिट माग्न पाउने कि नपाउने भन्ने बिषयमा सामाजीक सञ्जालहरुमा युद्द चलिरहेका छन । प्रवासमा बस्ने केहीले मौन अवधीको समेत ख्याल नराखि आफ्ना नेताहरुको पक्षमा भोट मागिरहेका छन भने केही त्यस्तो कार्यको बिरोध गरिरहेका छन । प्रवासमा रहेका नेपालीहरुबिच नेपालको राजनिति र बिकासको बिषयमा पहिलेदेखी नै बहस चल्ने गरेको छ । प्रवासमा नेपालीहरुको सख्या कम हुदा नेपालमा बस्ने र प्रवासमा बस्नेहरुबिच चल्ने यस्ता बहस आजका दिनमा प्रवासमै बस्नेहरुबिचपनि चल्न थालेको छ । केहीले जहा बसेपनि आफ्ना बिचार राख्न पाउने स्वतन्त्रता सबैलाइ हुने जिकिर गरिरहेका छन भने अन्यले देश छोडेर हिडेपछी देशको राजनितिक बिषयको ठेक्का नेपालमा बस्नेहरुलाई नै छोड्नपर्ने बिचार राख्ने गरेका छन ।
Leave a Reply